लोकहा पुल भाँचिदा सयौं यात्रु मारमा
![]() |
लोकाहा (नवलपरासी), आश्विन २ - पुर्वपश्चिम महेन्द्रराजमार्ग अन्तरगत नवलपरासीको लोकाहा पुल भाँचिदा राजमार्गमा सयौं सवारी साधनहरु रोकिएको छ । सवारी साधन कावासोतीको जंगल र प्रगतिनगरमा अलपत्र छन् ।
पुलभाँचिएर सवारी साधान ओहारदोहर हुन नसक्दा हजारौं यात्रु सडकमा अलपत्र परेका छन् । उनीहरु नजिकको गन्तव्यमा पुग्न पैदल ओहोरदोहर गरिरहेका छन् । कावासोतीका डिएसपी नान्तिराज गुरुङ्गको टोलिले आत्रु आउजाउमा सघाएका छन् ।
राजमार्गको दक्षिणतर्फबाट बनाईको बैकल्पिकमार्गमा समेत बर्षाका अवरुद्ध भएको छ ।
करिब ९ महिनाअघि ट्रक लोकाहा पुल मा ठोक्किएर पुल भाँचिएको थियो । सडक बिभागले राम्ररी नबनाएका कारण एकोहोरो मात्र गाडि आउजाउ गथ्र्यो । सोमबारबाट पूर्णरुपमा रोकिएको छ ।
सोमवार बिहान ५ बजे भारतवाट मार्वल लिएर आएको ४० टनभन्दा बढिएको ट्रक पुलमा चढ्दा पुल फेरी भाँचिएको स्थानीय बिदेश श्रेष्ठले जानकारी दिए ।
![]() |