मेक्सिकोलाई फुटबलमा स्वर्ण
![]() |
लन्डन, श्रावण २८ - ओलम्पिक मा ब्राजिलको पहिलो स्वर्ण जित्ने इच्छालाई शनिबार मेक्सिकोले पूरा हुन दिएन । मेक्सिकोले लन्डन ओलम्पिक मा ब्राजिललाई २-१ ले हराउँदै पुरुष फुटबलमा पहिलो स्वर्ण जित्यो । ओरिवे पेराल्टाले गरेको दुई गोल मेक्सिकोको जितका लागि पर्याप्त रह्यो ।
स्ट्राइकर पेराल्टाले पहिलो गोल खेल सुरु भएको ३० औं सेकेन्डमा गरेका थिए । पाँचपल्टको वल्र्ड च्याम्पियन ब्राजिलविरुद्ध पेराल्टाले ७५ औं मिनेटमा अर्को गोल थपे । पहिलोपल्ट फाइनल खेलको मेक्सिकोमाथि ब्राजिलका लागि इन्ज्युरी टाइमको पहिलो मिनेटमा हल्कले गोल गरे । ब्राजिल यसअघि दुईपल्ट फाइनल पुगेको थियो । उसले बेइजिङ ओलम्पिक मा कांस्यमा चित्त बुझाएको थियो ।
दक्षिण कोरियालाई कांस्य दक्षिण कोरिया शुक्रबार ओलम्पिक को पुरुष फुटबलमा पदक जित्ने दोस्रो एसियाली देश भएको छ । उसले कांस्यपदकका लागि भएको खेलमा छिमेकी जापानलाई २-० ले पराजित गर्यो । जापानले सन् १९६८ को मेक्सिको ओलम्पिक मा कांस्य जितेको थियो । दक्षिण कोरियाले आर्सनलका स्ट्राइकर पार्क चु योङको गोलले ३८ औं मिनेटमा अग्रता लिएको थियो । त्यसयता कप्तान कु जाचोलले ५७ औं मिनेटमा गोल गरे ।
![]() |