रिलेमा विश्व कीर्तिमान

लन्डन ओलम्पिकमा शुक्रबार एथलेटिक्सको महिला ४ गुणा सय मिटर रिलेमा नयाँ विश्व कीर्तिमान बनाएपछि अमेरिकी खेलाडी । तस्बिरः एएफपी



लन्डन (एएफपी), श्रावण २८ - अमेरिकाले एथलेटिक्सको महिला चार गुणा सय मिटर रिलेमा शुक्रबार नयाँ विश्व कीर्तिमानसहित स्वर्ण जितेको छ । यसक्रममा अमेरिकी टिमले २७ वर्ष पुरानो विश्व कीर्तिमान तोडेको हो । टिना म्याडिसन, एलासन फेलिक्स र बिनाका नाइटको जोडीले ४०.८२ सेकेन्डमा दौड पूरा गर्‍यो र पहिलो रह्यो ।
यसक्रममा अमेरिकी टिमले सन् १९८५ मा तत्कालीन पूर्वी जर्मनीले कायम गरेको ४१.३७ सेकेन्डलाई उछिनेको हो । जमैका ४१.४१ सेकेन्डमा दोस्रो तथा युक्रेन ४२.०४ सेकेन्डसाथ तेस्रो स्थानमा रहे । बेइजिङ ओलम्पिक को यसै स्पर्धामा अमेरिका फाइनलमा पनि पुगेको थिएन ।
चाकिरलाई पन्ध्र सय मिटरमा स्वर्ण टर्कीकी एस्ली चाकिरले शुक्रबार महिला १५ सय मिटर दौडमा स्वर्ण जितिन् । सन् २००६ मा प्रतिबन्धित औषधि प्रयोगको आरोपमा दुई वर्ष प्रतिबन्धको सामना गरेकी चाकिरले ४ मिनेट १०.२३ सेकेन्डमा दौड पूरा गर्दै पहिलो स्थान हात पारिन् । टर्कीकै ग्यामेज बुलुट दोस्रो र बहराइनकी मरयम जमलले तेस्रो स्थान हात पारे ।
नेदरल्यान्ड्सलाई महिला हकीमा स्वर्ण नेदरल्यान्ड्सले शुक्रबार महिला हकीमा स्वर्ण हात पार्‍यो । डिफेन्डिङ च्याम्पियन डच टिमले फाइनलमा अर्जेन्टिनालाई २-० ले हरायो । नेदरल्यान्ड्सले महिला हकीमा स्वर्ण जितेको यो तेस्रोपल्ट हो । डच जितमा कारलाइन डिरकसे र कप्तान मार्जेट पउमेनलले दोस्रो हाफमा गोल गरे । विश्व च्याम्पियन अर्जेन्टिनालेओलम्पिक मा अहिलेसम्म स्वर्ण जितेको छैन । सन् २००० को सिड्नीओलम्पिक मा पनि उसले रजत जितेको थियो ।