चीनलाई पछि छाड्दै अमेरिका


लन्डन (एएफपी), श्रावण २८ - अमेरिकाले लन्डन ओलम्पिक मा पदक तालिकामा आफ्नो अग्रतालाई शनिबार बेलुकीसम्म कायमै राखेको छ । अब एक दिनमात्र प्रतियोगिता बाँकी रहँदा उसले ४१ स्वर्ण जितेको छ । चार वर्षअघि बेइजिङ ओलम्पिक मा पहिलो भएको चीन ३७ स्वर्णसहित दोस्रो स्थानमा छ । उसले शुक्रबारबाट कुनै पनि स्वर्ण थप्न सकेको छैन । अमेरिकाको २६ रजत र २८ कांस्य छ । उसको जम्मा पदक संख्या ९५ पुगेको छ । चीनको २५ रजत र २० कांस्यसहित ८२ पदक पुग्यो ।
तेस्रो स्थानमा रहेको बेलायतको २६ स्वर्ण पुग्यो । उसको १५ रजत र १८ कांस्यसहित ५९ पदक छ । चौथो स्थानमा रहेको रुसको १८ र पाँचौँमा रहेको दक्षिण कोरियाको १३ स्वर्ण छन् ।
फ्रान्सलाई बाइक क्रसकन्ट्रीमा स्वर्ण फ्रान्सले महिला बाइक क्रसकन्ट्री रेसमा शनिबार स्वर्ण जितेको छ । उसलाई १० औं स्वर्ण जुली ब्रेसेटले दिलाइन् । जुलीले ओलम्पिक मा पहिलो सफलता हात पारेकी हुन् । यो स्पर्धामा जर्मनीले रजत र अमेरिकाले कांस्य जिते ।
रुसलाई थप दुई स्वर्ण रुसले शनिबार थप दुई स्वर्ण जित्यो । सर्जिइ किर्डायापिनले पुरुष ५० किलोमिटर हिंडाइमा नयाँ ओलम्पिककीर्तिमानसहित स्वर्ण जितेका छन् । उनले निर्धारित दूरी तीन घन्टा ३५ मिनेट ५९ सेकेन्डमा पूरा गरेर स्वर्ण जिते । अस्टे्रलियाका जरेड टलेन्ट रजत तथा चीनका सी तियाङफेङले कांस्यपदक
जिते । रुसका अर्का खेलाडीद्वय जुरी पोस्टरिगे र एलेक्सजेन्डर ड्याचेन्कोले पुरुष डबल्स कायाक दुई सय मिटर स्पि्रन्टमा स्वर्ण जिते । यस स्पर्धामा बेलारुसले रजत र बेलायतले कांस्य जिते ।
कायाकमा बेलायत र न्युजिल्यान्डलाई स्वर्ण महिला दुई सय मिटर कायाक स्पि्रन्टमा न्युजिल्यान्डले स्वर्ण जितेको छ । न्युजिल्यान्डको समग्रमा यो पाँचौं स्वर्ण हो । उसलाई लिसा कारिङटनले स्वर्ण दिलाइन् । यस स्पर्धामा उक्रेनले रजत र हंगेरीले कांस्य जिते । पुरुषतर्फ भने बेलायतले स्वर्ण जित्यो । उसका एड क्याककेभिनले पहिलो स्थान हासिल गरेका हुन् । यस स्पर्धामा स्पेनले रजत र क्यानडाले कांस्य जिते । 



Medal Count

As of August 12, 2012 10:28:32
PositionCountryGold MedalSilver MedalBonze MedalTotal
1United States442929102
2China38272287
3United Kingdom28151962
4Russia21253278
5South Korea137727
6Germany11191444
7France10111233
8Italy87823
9Hungary84517
10Australia7161235
11Japan6141737
12Netherland66820
13Kazakhastan60410
14Ukrain54918
15New Zealand53513
16Iran45312
17Jamaica44412
18Cuba43512
19North Korea4026
20Spain39416
21Brazil34815
22Belarus34512
23Czech Republic3339
24South Africa3216
25Ethopia3137
26Romania2529
27Denmark2439
28Kenya2349
29Poland22610
30Azerbaijan2259
31Turkey2215
32Croatia2114
32Norway2114
34Switzerland2103
35Canada151218
36Colombia1348
37Maxico1337
37Sweden1337
39Gergio1326
40Ireland1135
41Argentina1124
41Lithuania1124
41Slovenia1124
44Serbia1113
44Tunisia1113
46Dominica Republic1102
47Trinidad and Tonbago1102
47Uzbekistan1102
49Latvia1012
50Algeria1001
50Bahamas1001
50Grenada1001
50Venezuela1001
54Thailand0213
55Egypt0202
56India0145
57Mongolia0134
57Slovakia0134
59Armenia0123
59Belgium0123
59Finland0123
62Bulgeria0112
62Chinese Taipei0112
62Estonia0112
62Indonesia0112
62Malaysia0112
62Purto Rico0112
68Botswana0101
68Cyprus0101
68Gobon0101
68Guatemala0101
68Montenegro0101
68Portugal0101
74Grecee0022
74Moldova0022
74Qatar0022
74Singpore0022
78Afganistan0011
78Bahrain0011
78Hong Kong0011
78Kuwait0011
78Moracco0011
78Soudi Arabia0011
78Tajikistan0011