" २५ प्रतिशत युवा रोजगारी खोज्दै भारत तर्फ "



लक्ष्मण भण्डारी
सुर्खेत, २८ साउन । सुर्खेतका २५ प्रतिशत
युवा रोजगारी खोज्दै भारतर्फ जाने
गरेका छन् । बढ्दो बेरोजगारीसँगै
युवा पलायनको क्रम
पनि पछिल्लो समयमा अत्यधिक बढेको छ ।
भारतबाट मात्रै सुर्खेतमा वार्षिक एक
करोडभन्दा बढी रेमिटयान्स भित्रिने
गरेको तथ्यांक छ । हरेक वर्ष सुर्खेतबाट
मात्रै २५ प्रतिशत
युवा रोजगारीका लागि भारत जाने
गरेका छन् । विशेषगरी १२ वर्षदेखि ४०
वर्षसम्मका युवा भारत जानेगरेका छन् भने
६५
वर्षसम्मका व्यक्ति पनि कामका लागि भारतमा आश्रित
रहेको यसैक्षेत्रसँग कार्यरत विभिन्न संघ/
संस्थाले बताएका छन् ।
जिल्लाका अधिकांशको आयआर्जनको मुख्य
स्रोत नै रेमिटयान्स बनेको छ ।
जिल्लाका करिब ३० प्रतिशत
घरपरिवारले भारतबाट भित्रिने
रेमिटयान्सले नै जीविकोपार्जन गर्दै
आएका छन् । उनीहरूले वर्षमा दुईपटक
भारतमा गएर पैसा कमाउने र त्यसैले घर
खर्च चलाउने गरेका छन् । सुरक्षित
रेमिटयान्स तथा सुदृढ जीविकोपार्जन
परियोजना सञ्चालन
गरिरहेको वातावारण सुधार
समाजका अनुसार
जिल्लाको बाबियाचौर, कुनाथरी, राकम,
मेहेली, मालारानीलगायतका गाविसबाट
अधिकांश युवा भारत गएका छन् । उच्च
शिक्षा हासिल गरे
पनि स्वदेशमा रोजगारी नपाएपछि युवाहरू
बिदेसिने गरेको सुरक्षित रेमिटयान्स
तथा सुदृढ जीविकोपार्जन
परियोजनाका कार्यक्रम संयोजक जगत
केसीले बताए ।
विशेषगरी सुर्खेत पश्चिम क्षेत्रका युवाहरु
बिदेसिने गरेका छन् । तीमध्ये ८२ प्रतिशत
व्यक्ति हरेक वर्ष घरखर्च चलाउनकै
लागि भारत जाने गरेको केसी बताउँछन् ।
परम्परागत खेतीले वर्षभरि खानसमेत
नपुग्ने भएपछि घरखर्च चलाउन भारतकै भर
पर्नुपर्ने उनले बताए । भारत जानेमध्ये ७
प्रतिशत महिला रहेको समेत उनले
जानकारी दिए । विशेषगरी ग्रामीण
क्षेत्रमा व्याप्त गरिबी, असमानताले
गर्दा पनि युवा बिदेसिने क्रम बढेको छ ।
रेमिट्यान्स असुरक्षित सुर्खेत :भारतबाट
सुर्खेत भित्रिने ३० प्रतिशत रेमिटयान्स
असुरक्षित हुने गरेको छ । सुरक्षित
रेमिटयान्स तथा सुदृढ जीविकोपार्जन
परियोजना सञ्चालन गरेको वातावारण
सुधार समाज सुर्खेतले पत्रकार सम्मेलन
गरी त्यस्तो जानकारी दिएको हो ।
रोजगारीका लागि भारत गएकामार्फत
जिल्लामा भित्रिने ३० प्रतिशत
रेमिाटयान्स बाटोमा नै लुटिने गरेको छ ।
वातावरण सुधार समाजका प्रशासन
तथा लेखा प्रमुख किरण बस्नेतले
भारतमा गएका ९४ प्रतिशतलाई
सुरक्षित रेमिटयान्स सेवाबारे
जानकारी नै नभएकाले आफँै पैसा बोकेर आउने
गरेको बताए । तीमध्ये ३०
प्रतिशतको बाटोमै पैसा लुटपाट र
चोरी हुने गरेको समेत उनले जानकारी दिए

भारतबाट भित्रिने रेमिटयान्सलाई
सुरक्षित गर्नका लागि अक्सफाम
जीविका सहयोगमा संस्थाले
जिल्लामा सुरक्षित रेमिटयान्स तथा सुदृढ
जीविकोपार्जन परियोजना सञ्चालन
गरेको छ । परियोजनाले विशेषगरी भारत
गएकालाई प्राथमिकता दिएको छ ।
परियोजनाअन्र्तगत
जिल्लाका बाबियाचौर, बड्डीचौर,
मेहेलकुना, राकम र मेहेलीबाट
सो सेवा प्रदान गरिने उनले
जानकारी दिए ।