महिलाको नाममा जग्गा पास गर्ने बढे



खोटाङ , साउन २८ - महिलाका नाममा जग्गा पास गरेवापत राजश्वमा छुट पाउने भएपछि खोटाङमा महिलाको नाममा जग्गा पास गर्ने जग्गाधनीको संख्या बढेको छ । महिलाका नाममा जग्गा पास गर्दा ३० प्रतिशत राजश्व शुल्क छुट हुने भएपछि जिल्लामा महिलाको नाममा जग्गा पास गर्ने जग्गाधनीको संख्या बढेको हो । हालसम्म जिल्लामा १५ हजार २ सय १३ जना महिलाको नाममा जग्गा पास भएको मालपोत कार्यालय खोटाङका प्रशासन फाँटका टानासु श्यामकुमार शैंजूले बताउनु भयो । जिल्लामा महिलाको नाममा जग्गा पास गर्नेको संख्या बर्षेनी बढ्दै गइरहेको शैजूको भनाई छ । महिलाको नाममा जग्गा पास गर्दा नगरपालिकाभित्रको जग्गा भए २५ प्रतिशत र गाबिसभित्रको भए ३० प्रतिशत राजश्व शुल्क छुटको व्यवस्था छ ।