‘भूकम्प’ बिमोचित, ढाका टोपीमा चिटिक्क हमाल


गायक अर्जुन कौशलको शब्द, स्वर तथा संगीतमा समावेश एल्बम भिरको बाटो

३ (भूकम्प) बजारमा आएको छ । यो एल्बमको शनिबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा नायक राजेश हमाल, संचारकर्मी हेम सुबेदी लगायतले बिमोचन गरेका थिए । गायक कौशलले नायक राजेश हमाललाई पाल्पाली ढाका टोपी लगाएर स्वागत गरेका थिए । यस्तै कार्यक्रममा उपस्थित संचारकर्मीहरुलाई पनि पाल्पाली ढाका टोपी लगाएर सम्मान गरिएको थियो ।
-->

‘भूकम्प’ एल्बममा ८ गीत समावेश गरिएको छ । कार्यक्रममा एल्बममा समावेश ‘नथियावाली’ बोलको गीतको भिडियो पनि सार्वजनिक गरिएको थियो । शिव बीकले निर्देशन गरेका भिडियोमा नायक राजेश हमाल र नायिका सोनिया केसीले अभिनय गरेका छन् ।
नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि लागेको गायक कौशलले यसअघि भिरको बाटो १ र २ बजारमा ल्याइसकेका छन् ।