क्युपिआर र भिल्लाको आशा
|
लन्डन, फागुन २८ (रोयटर्स)- क्विन्स पार्क रेन्जर्स (क्युपिआर) र एस्टन भिल्लाले महत्त्वपूर्ण विजय हात पार्दै रेलिगेसनबाट उम्कने आशा जीवित बनाएका छन्।
क्रिस्टियन बेन्टेके र ग्याब्रियल एग्बानलाहोरको गोलमा भिल्लाले रिडिङलाई २-१ को नतिजामा पराजित गरी रेलिगेसन क्षेत्रबाट उम्किएको छ।
भिल्ला २७ अंक बटुल्दै १७औं स्थानमा उक्लिएको छ।
पुछारको टोली क्युपिआरले लोफ्टस रोडमा सन्डरल्यान्डमाथि ३-१ को विजय हात पार्योप। जनवरीका ट्रान्सफर विन्डोमा ल्याइएका लोइस रेमी, एन्ड्रोस टाउनसेन्ड र जेरमाइन जिनासको गोलमा क्युपिआरले राहत अनुभव गर्योन। ग्रान्ट होल्टले पेनाल्टी गुमाउदा नर्विच सिटीले साउथह्याम्पटनसँगको खेल बराबरीमा टुंगाउन बाध्य भयो।
अर्को खेलमा वेस्ट व्रोमले लिग कप विजेता स्वान्सीलाई २-१ ले पराजित गर्योउ।
|



