पाल्पामा एकघण्टा चक्काजाम


टेकनारायण भट्टराई, पाल्पा, फागुन २८- सार्वजनिक सवारी साधनामा गरिएको भाडा वृद्धिको विरोधमा पाल्पामा चक्काजाम गरिएको छ। नेकपा-माओवादी निकट अखिल क्रान्तिकारीले सोमबार तानसेन-गुल्मी सडकमा एक घण्टा चक्काजाम गरेको हो।





तानसेन आन्दोलन चोकमा गरिएको चक्काजमका कारण बिहान आठ बजेदेखि नौबजेसम्म लामो तथा छोटो दुरी सवारी साधन रोकिएका थिए। विद्यार्थीले सडकमा टायर बालेर प्रधानमन्त्री विरुद्ध चर्का नाराबाजी गरेका थिए।
अखिल क्रान्तिकारी केन्द्रीय सदस्य तथा मगराँत राज्य समितिका संयोजक हिमाल यात्रीले पछिल्लो समयमा गरिएको मुल्य वृद्धि तत्काल फिर्ता गर्न माग गरे।