पशुपतिले ल्यायो कार्बनका नयाँ स्मार्टफोन
![]() |
काठमाडौं, फागुन २२ (नागरिक)-कार्बन मोबाइलको बिक्रेता मुरारका संगठनअन्तर्गतको पशुपति ट्रेडलिंकले चारथरी नयाँ स्मार्टफोन नेपाली बजारमा ल्याएको छ।
कम्पनीले गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टममा आधारित ए-१२, ए-१११, ए-३ र ए-४ मोडलका नयाँ स्मार्टफोन बजारमा ल्याएको हो। नयाँ स्मार्टफोनसँगै कम्पनीले केटी-५२ मोडलको नयाँ मोबाइल सेटसमेत बजारमा ल्याएको छ।
दुइटा सिमकार्ड प्रयोग गर्न मिल्ने ए-१२ मोडलको स्मार्टफोनमा ५ मेगापिक्सेलको क्यामेरा छ। यसको क्यामेरामा फ्याल्स लाइटका साथै भिडियो च्याटिङका लागि अगाडिपट्टि क्यामेराको व्यवस्था छ। एन्ड्रोइडको ४.० आइसक्रिम स्यान्डविच भर्सनको अपरेटिङ सिस्टमयुक्त यो सेटमा १ गिगाहर्जको प्रोसेसर, १ हजार ८ सय एमएएचको ब्याट्री, मल्टी टचस्क्रिन, पिन्च जुमलगायत सुविधा छन्। यसमा ३२ गिगाबाइटको माइक्रो एसडी कार्ड प्रयोग गर्न मिल्छ।
ए-१११ मोडलको स्मार्टफोनमा पनि इलइडी फ्याल्स साइट सहितको ५ मेगापिक्सेलको क्यामेरा छ। ५ इन्चको टचस्क्रिन, २ हजार १ सय एमएएचको ब्याट्री, पिन्च जुमलगायत विशेषता छन्। यसमा गुगलको एन्ड्रोइड ४.० आइसक्रिम स्यान्डविच भर्सनको अपरेटिङ सिस्टम प्रयोग भएको छ। यो स्मार्टफोनमा कोलकम स्न्यापड्र्यागनले उत्पादन गरेको चिपसेट प्रयोग गरिएको छ। यसले गर्दा फोनको स्पिड बढ्ने कम्पनीले जनाएको छ।
ए-३ मोडलको स्मार्टफोनमा पनि एक गिगाहर्जको प्रोसेसर, ८.९ इन्चको क्यापेसिटिभ टचस्क्रिन, १ हजार ४ सय एमएएचको ब्याट्री, वाइफाई, बिटी, एज्, युएसबी सर्पोट, दुइटा सिमकार्ड प्रयोग गर्न मिल्नेजस्ता विशेषता छन्। यसमा ३ मेगापिक्सेलको क्यामेरा रहेको छ भने ३२ गिगाबाइटसम्मको मेमोरी विस्तार गर्न मिल्छ। यसमा एन्ड्रोइडको २ं३.६ जिन्जरब्रेड अपरेटिङ सिस्टम छ।
-->कम्पनीले गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टममा आधारित ए-१२, ए-१११, ए-३ र ए-४ मोडलका नयाँ स्मार्टफोन बजारमा ल्याएको हो। नयाँ स्मार्टफोनसँगै कम्पनीले केटी-५२ मोडलको नयाँ मोबाइल सेटसमेत बजारमा ल्याएको छ।
दुइटा सिमकार्ड प्रयोग गर्न मिल्ने ए-१२ मोडलको स्मार्टफोनमा ५ मेगापिक्सेलको क्यामेरा छ। यसको क्यामेरामा फ्याल्स लाइटका साथै भिडियो च्याटिङका लागि अगाडिपट्टि क्यामेराको व्यवस्था छ। एन्ड्रोइडको ४.० आइसक्रिम स्यान्डविच भर्सनको अपरेटिङ सिस्टमयुक्त यो सेटमा १ गिगाहर्जको प्रोसेसर, १ हजार ८ सय एमएएचको ब्याट्री, मल्टी टचस्क्रिन, पिन्च जुमलगायत सुविधा छन्। यसमा ३२ गिगाबाइटको माइक्रो एसडी कार्ड प्रयोग गर्न मिल्छ।
ए-१११ मोडलको स्मार्टफोनमा पनि इलइडी फ्याल्स साइट सहितको ५ मेगापिक्सेलको क्यामेरा छ। ५ इन्चको टचस्क्रिन, २ हजार १ सय एमएएचको ब्याट्री, पिन्च जुमलगायत विशेषता छन्। यसमा गुगलको एन्ड्रोइड ४.० आइसक्रिम स्यान्डविच भर्सनको अपरेटिङ सिस्टम प्रयोग भएको छ। यो स्मार्टफोनमा कोलकम स्न्यापड्र्यागनले उत्पादन गरेको चिपसेट प्रयोग गरिएको छ। यसले गर्दा फोनको स्पिड बढ्ने कम्पनीले जनाएको छ।
ए-३ मोडलको स्मार्टफोनमा पनि एक गिगाहर्जको प्रोसेसर, ८.९ इन्चको क्यापेसिटिभ टचस्क्रिन, १ हजार ४ सय एमएएचको ब्याट्री, वाइफाई, बिटी, एज्, युएसबी सर्पोट, दुइटा सिमकार्ड प्रयोग गर्न मिल्नेजस्ता विशेषता छन्। यसमा ३ मेगापिक्सेलको क्यामेरा रहेको छ भने ३२ गिगाबाइटसम्मको मेमोरी विस्तार गर्न मिल्छ। यसमा एन्ड्रोइडको २ं३.६ जिन्जरब्रेड अपरेटिङ सिस्टम छ।
ए-४ मोडलको स्मार्टफोनमा पनि १ गिगाहर्जको प्रोसेसर छ। यसमा ३.२.३.६ जिन्जरब्रेड भर्सनको एन्ड्रोइड अपरेटिङ सिस्टम प्रयोग भएको छ। यसमा दुइवटा सिमकार्ड प्रयोग गर्न मिल्छ। ३.२ मेगापिक्सेलको क्यामेरायुक्त यो स्मार्टफोनमा फ्रन्ट क्यामेरा, मल्टिमिडया सुविधा, ३२ गिगाबाइटसम्म मेमोरी विस्तार गर्न मिल्नेलगायत विशेषता छन्।
केटी-५२ मोडलको सेटमा पनि दुइटा सिमकार्ड प्रयोग गर्न मिल्छ। यसमा ६.१ सेन्टिमिटरको टचस्क्रिन छ। ८ जिबीसम्म मेमोरी विस्तार गर्न मिल्छ। यसमा पनि दुइटा सिमकार्ड प्रयोग गर्न मिल्ने कम्पनीले जनाएको छ।
![]() |