साढे ३ केजी बाघको हड्डी सहित एक जना पक्राउ
![]() |
काठमाडौं, फागुन २८ (नागरिक)- भवानीपुर जितपुर-३ बस्ने ४१ बर्षीय भुदेव श्रीवास्तव र भारत मोतिहारी ठाना कोटवा घर भएका ३५ बर्षीय वव्लु श्रीवास्तवलाई प्रहरीले बाघको हड्डी ३ किलो ५ सय ग्राम सहित पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई फागुन २६ गते १३:०० छातापिपरा-३ स्थित बाग्गा आयल स्टोर कम्पाउडभित्र रहेको घर कोठाबाट उक्त बाघको हड्डी सहित पक्राउ गरेको थियो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
![]() |