हवल्दार-जवानलाई बेसिक कम्प्युटर तालिम
![]() |
काठमाडौं, चैत ९ (नागरिक)- राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा प्रहरी प्रधान कार्यालय कम्प्युटर निर्देशनालयमा माघ १९ गतेदेखि संचालित ३९औं समूहको एमएस अफिस प्याकेज तालिम सम्मन्न भएको छ।
उक्त तालिममा प्रशिक्षार्थीहरुलाई कम्प्युटर बेसिक अन्तर्गत एमएस वर्ड, एमएस एक्सेल र एमएस पावरप्वाइट सम्बन्धी ज्ञान प्रदान गरी कम्प्युटरमा कामकाज गर्न दक्ष बनाउन उक्त तालिम संचालन गरिएको थियो।
चैत ७ गतेबाट सुरु भएको उक्त तालिममा प्रहरी नायव निरीक्षक १, प्रहरी सहायक निरीक्षक २, प्रहरी हवल्दार ३ र प्रहरी जवान १४ जना गरी कुल २० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो।
![]() |