किशोरीले पासो लगाइन्
|
कालिकोट, फाल्गुन २८ - कालिकोटको मान्ममा एसएलसीको तयारीमा रहेकी एक छात्राले शनिबार पासो लगाएर आत्महत्या गरेकी छन् । जुविथा ८ का जसबहादुर शाहीकी १६ वर्षीया छोरी सुशीलाले मान्म बजारको कारागार पश्चिम लालीगुराँसको रूखमा डिस तारले घााटीमा पासो लगाएर आत्महत्या गरेकी हुन् । बुवा जसबहादुर गत वर्ष जुविथामा मनवीरे विश्वकर्माको हत्यामा संलग्न भएको कालिकोट जिल्ला अदालतको फैसलापछि जेल जीवन बिताइरहेका छन् ।
|



