चट्याङ लागेर एकको मृत्यु, पाँच घाइते


सोलुखुम्बु, फाल्गुन २८ - वर्षासँगै परेको चट्याङ लागेर देउसा ६ सोलुखुम्बुका दुर्गा बस्नेतको घटनास्थलमै मृत्यु भएको छ ।
आइतबार राति करिब ८ बजे परेको चट्याङ लागेर ४८ वर्षीया बस्नेतको घटनास्थलमै मृत्यु भएको र उनकी बुहारी यसोदा बस्नेत तथा छिमेकीहरू बिश्वबहादुर खत्री र नरकुमारी खत्री पनि चट्याङ लागेर बेहोस भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक सुदनसिंह बस्नेतले जानकारी दिए ।
बेहोस भएका तीनैजनाको स्थानीय स्वास्थ्य केन्द्रमा उपचारपछि सुधार भएको पनि प्रनाउ बस्नेतले जानकारी दिएका छन् । 
त्यस्तै आइतबार साँझ ६ बजे सोलुखुम्बुकै बासामा परेको चट्याङ लागेर बासा ४ सोलुखुम्बुका चन्द्रकला राई र सुजता राई पनि घाइते भएका छन् । उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जानकारी प्रनाउ बस्नेतले दिए । रासस