नेपाल र बंगलादेश भिड्ने
![]() |
२० फागुन, काठमाडौं । राजधानीमा जारी एएफसी च्यालेन्ज कप छनोट फुटबलमा आफ्नो दोस्रो खेलमा नेपालले नेपालले भोलि चिरप्रतिद्वन्द्वी बङ्गलादेशको सामना गर्नेछ ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ बजेर ५ मिनेटमा सुरु हुनेछ भने त्यसअघि नर्दन मारियाना आइल्यान्ड र प्यालेष्टाइन भिड्ने छन् । आफ्नो पहिलो खेलमा नेपालले नर्दन मारियानालाई ६-० हराएको थियो ।
गत असोजमा काठमाडौँमा भएको नेपालको बङ्गलादेशसँगको मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा सकिएको थियो । तर, साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले बङ्गलादेशलाई १-० गोलअन्तरले हराएको थियो ।
फिफाको विश्व फुटबल बरियतामा नेपालभन्दा बङ्गलादेश केही माथि छ । हाल बङ्गलादेश १६९ औँ स्थानमा छ भने नेपाल १७४ औँ स्थानमा छ ।
![]() |