सुमनालाई मिस नेवाः ताज
|
यसपालिको 'मिस नेवाः पोखरा'को ताज सुमना बज्राचार्यले जितेकी छन्। पोखरा सभागृहमा शनिबार भएको फाइनल राउन्डमा १४ प्रतिस्पर्धीलाई उछिन्दै सुमनाले ताज जितेकी हुन्।ताजसँगै उनले ४० हजार रुपैयाँ, प्रमाणपत्र र विभिन्न उपहार पाइन्। बेस्ट पर्सनालिटी उपाधिका लागि उनलाई पाँच हजार रुपैयाँ पनि दिइएको छ। अन्तिम १५ बाट उत्कृष्ट १० र पाँच हुँदै मिस नेवाः छानिएको थियो।
नाच्न मन पराउने पोखरा माटेपानीकी सुमनाले 'परिवारभित्र आपसी सम्बन्ध प्रगाढ पार्न महिलाको भूमिका अहम हुन्छ?' भन्ने निर्णायकको प्रश्नमा तीन मिनेटभित्र सटिक उत्तर सुनाएपछि ताज जितेकी हुन्।
'हामी सबैले नेवार कला, संस्कार र संस्कृति जोगाउन पक्कै योगदान गर्नेछौं,' २० वर्षीया उनले भनिन्, 'त्यसैले यो मेरो मात्रै जीत हैन, हामी सबैको हो।'
प्रतियोगितामा तारा श्रेष्ठ फस्ट रनरअप भइन्। २० वर्षीया ताराले २५ हजार रुपैयाँ पुरस्कार पाइन्। पोखरा चिप्लेढुंगाकी प्रजु प्रधानले सेकेन्ड रनरअपमा चित्त बुझाउँदै १५ हजार हात पारिन्। १८ वर्षीय उनले 'मिस फोटोजेनिक' सब टाइटल जितेकाले पाँच हजार थप पुरस्कार पाइन्। प्रजुले दर्शक छनोट टाइटल समेत जितिन्।
यस्तै मस्ट ट्यालेन्ट बिनिशा कायस्थ, बेस्ट कम्प्लेक्स एलिसा प्रधान र बेस्ट स्माइल सुजा न्हुच्छे प्रधानले जिते। उनीहरु सबैलाई पाँच हजार दिइएको थियो।
नेवाः खलः कास्कीको आयोजनामा भएको प्रतियोगितामा पर्यटन बोर्डकी अधिकृत श्रद्धा श्रेष्ठ, सञ्चारकर्मी दीपेन्द्र श्रेष्ठ, डिआइजी रमेशशेखर बज्राचार्य, उद्योगपति दीपक श्रेष्ठ, पर्यटनकर्मी सुन्दरकुमार श्रेष्ठ लगायत निर्णायक थिए।