अब मापसे गर्नेलाई छुट्टै रात्री सवारी


५ चैत, काठमाण्ठडौं । क्यासिनो तथा रेष्टुराँका ग्राहकलाई लक्षित गरी रात्री यातायात सेवा सुचारु हुने भएको छ । नाइन नेपाल प्रालिले आफ्ना ग्राहकलाई लक्षित गरी यातायात सेवा सञ्चालन गर्ने भएको हो । ‘राति अवेरसम्म बस्ने सेवाग्राहीलाई लक्षित गरी यो सेवा सञ्चालन गर्न लागिएको नाईन नेपाल प्रालिका प्रमुख कार्यकारी अधिकृत समीर श्रेष्ठले बताए ।
उनले भने,’हामी फोर्ट, फियाट, डियारजस्ता कारबाट सेवाग्राहीलाई सेवा दिने छौं ।’ साथै, अत्याधुनिक सेवायुक्त सवारी साधनबाट सेवा दिइने कम्पनीले जनाएको छ । उक्त सेवाबाट रातको समयमा मादक पदार्थ सेवन (मापसे) गरी कार चलाएर हिँड्ने वर्गका व्यक्तिहरु बढी लाभान्वित हुने कम्पनीको दाबी छ ।
कम्पनीको रात्रिकालीन सेवा प्रयोग गर्ने सेवाग्राहीले न्यूनतम १ हजार ५ सय रुपैयाँ तिर्नु पर्ने हुन्छ । १ हजार ५ सय तिरेपछि २ घण्टासम्मको यात्रा गर्न सकिने अभियान दैनिकमा खबर छ ।