भारतीय प्रहरीको नियन्त्रणमा दुई नेपालि
![]() |
कपिलवस्तु, चैत्र ७ - भारतीय प्रहरीले २ जना नेपालीलाई १८ दिनदेखि नियन्त्रणमा राखेकोे पीडित परिवारले दाबी गरेका छन । सीमा क्षेत्र भारतको बलरामपुर जिल्लाको पचपेडवा थानाका प्रहरीले कपिलवस्तुको गणेशपुर ७ गेडुवाजोतका ३० वर्षे चिन्कन र २५ वर्षे रिजवान पठानलाई 'बन्धक' बनाएको आरोप पीडित परिवारको छ ।
आमाको मृत्यु भएको ४५ दिनको कर्म तिजाका
लागि सामान खरिद गर्न भारतको सिद्धार्थनगर जिल्लाको बढनी बजार गएका बेला उनीहरूलाई पक्राउ गरिएको थियो । फागुन १८ मा पक्राउ परेका उनीहरूबारे त्यहाँको प्रहरीले परिवारलाई जानकारी नदिएको ७० वषर्ीय बुबा ओली पठानले बताए । हराएका २ जनाको खोजी गर्दा भारतको पचपेडबा प्रहरीले बन्धक बनाएको सूचना पाएको उनले
लागि सामान खरिद गर्न भारतको सिद्धार्थनगर जिल्लाको बढनी बजार गएका बेला उनीहरूलाई पक्राउ गरिएको थियो । फागुन १८ मा पक्राउ परेका उनीहरूबारे त्यहाँको प्रहरीले परिवारलाई जानकारी नदिएको ७० वषर्ीय बुबा ओली पठानले बताए । हराएका २ जनाको खोजी गर्दा भारतको पचपेडबा प्रहरीले बन्धक बनाएको सूचना पाएको उनले
बताए । गाउँका अगुवासमेत भारतको पचपेडबा पुगेर बुझ्दा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी पाएको बताए ।
गेडुबाजोत सीमावर्ती क्षेत्र भएकाले किनमेल गर्न भारतमा जानुपर्ने बाध्यता भएकाले गाउँका धेरै मौन बसेका छन् । पचपेडबाका ५ प्रहरी बढनी आएर उनीहरूलाई पक्राउ गरेर लगेका थिए । पचपेडबाबाट बढनी १५ किमि पूर्व रहेको छ । पक्राउ परेका नेपालीबारे भारतीय प्रहरीमा कुनै अभिलेख छैन । पक्राउका परिवार तनावमा छन् । पक्राउलाई भेट गर्न दिइएको छैन । उनीहरूको अवस्थाबारे परिवारलाई जानकारी छैन ।
भारतमा स्थानीय पक्राउ परेकोबारे आफूलाई औपचारिक जानकारी नभएको प्रजिअ कृष्णचन्द्र घिमिरेले बताए । गाउँमा हल्ला चलेपछि इप्रका गणेशपुरका निरीक्षक दिलबहादुर मल्ललाई घटनाबारे बुझ्न निर्देशन दिएको उनले बताए । निरीक्षकले स्थानीयस्तरमा समन्वय गरिरहेको प्रजिअले बताए । प्रहरी निरीक्षक मल्लले सीमावर्ती अरर्रा नदीपारि रहेको भारतीय जंगलका हेरालु अब्दुल गनी धोबीको हत्या गरेको आरोपमा भारतीय प्रहरीले उनीहरू पक्राउ गरेको मल्लले बताए । उनले त्यहाँका प्रहरीसित समन्वय गरेर छुटाउने प्रयास भइरहेको जनाएका छन् ।
भारतीय वन हेरालुको हत्या अभियोगमा सोधपुछका लागि १५ नेपाली नागरिकलाई बोलाई बुझेको र तत्काल छाडिएको पचपेडबा प्रहरीका एसओ बेचन यादवले बताए । हत्यामा ३ नेपाली संलग्न रहेको र उनीहरूको खोजी भइरहेको एसओ यादवले बताए । हत्याका आरोप लागेका ३ नेपाली नागरिक भने फरार छन् ।
![]() |