तपाई सामु एक करोड कमाउने अवसर


अष्ट्रेलिया, चैत्र ७ - तपाईं १८ बर्ष पुग्नुभएको छ र तपाईमा केही फरक गर्ने सोच छ भने अष्ट्रेलियाले अवसर खुल्ला गरेको छ विश्वका ६ वटा उत्कृष्ट  कामका लागि । जसमा तपाई सफल हुनभयो अन्य सुविधा बाहेक भने ६ महिनाको करीव ९३ लाख नेपाली रुपैयाँ तलब समेत पाउनु हुनेछ ।
प्रत्येक बर्ष अष्ट्रेलियाले आफ्नो पर्यटन पवद्र्धन गर्नका लागि यस किसिमका कामको अवसर खुल्ला गर्दै आएको छ । यसबर्ष अष्ट्रेलियाले आफ्ना विभिन्न शहरहरुको लागि ६ वटा उत्कृष्ट कामकालागि अवसर खुल्ला गरेको छ जसमा विश्वको जुनसुकै स्थानबाट आवेदन दिन सकिने छ । तर, त्यसको लागि आवेदक सक्षम मात्र हैन कि सम्बन्धित क्षेत्रमा काम गर्न रुची भएको र कामलाई निर्वाह गर्न सक्ने खुबी समेत भएको हुनपर्नेछ ।
गएको मार्च ४ तारिखमा आवेदन खुल्ला गरिएको यो कामको लागि अप्रिल १० सम्मको म्याद तोकिएको छ ।




यो अवसर अष्ट्रेलियाको न्यु साउथ वेल्स, नर्दन टेरिटोरी, क्युन्सल्याण्ड, साउथ अष्ट्रेलिया, मेलवर्न र वेष्टर्न अष्ट्रेलियामा उपलब्ध छ । जसमा क्रमश न्यु साउथ वेल्समा चिफ फनस्टर, नर्दन टेरिटोरीमा आउटब्याक एडभेन्चरर, क्युन्सल्याण्डमा पार्क रेन्जर, साउथ अष्ट्रेलियामा वाइल्डलाईफ केयरटेकर, मेलबर्नमा लाईफस्टाई फोटोग्राफर र वेष्टर्न अष्ट्रेलियामा टेष्ट मास्टरको हुनेछ ।
यो काममा छनौट हुनेहरुका लागि अष्ट्रेलिया सरकारले भिषाका साथै ६ महिनाका लागि ५० हजार डलर (करिब नेपाली ४६ लाख) नबस्न र ५० हजार डलर तलबको रुपमा उपलब्द्ध गराउने छ ।  
तोकिएको प्रत्येक कामका लागि टुरिज्म अष्ट्रेलियाले रोचक जिम्मेवारीहरु पनि दिनेछ । चिफ फनस्टरले यहाँ हुने महोत्सव र कार्यक्रमहरु मुल्याँकन गर्ने, आफ्नो अनुभव र सोचलाई सामाजिक सञ्चाल मार्फत फैलाउने र सिड्नीको भिआईपीको रुपमा रहने सुविधा छ भने लाईफस्टाईल फोटोग्राफरले शहर तथा गाउँमा फोटोहरु खिच्ने स्थानीय कला, सँस्कृती बुझ्ने, आउटब्याक एडभेन्चररले स्थानीय व्यक्तिहरुलाई भेट्ने भेट्नु पर्नेछ ।
यसैगरी नयाँ रोचक स्थानहरुको भ्रमण गर्ने, पार्क रेञ्जरले पानीको तापक्रमहरु ताप्ने, समुन्दी किनारामा अनुगमन गर्ने, टेष्ट मास्टरले विभिन्न स्थानमा गएर खानाको स्वाद लिने, विभिन्न उत्कृष्ट होटल रेष्टुरेन्टमा जाने र वाईल्ड लाईफ केयरटेकरले कङ्गारुहरुसँग रमाईलो गर्ने, डल्फिल, समुन्द्री जनावारहरुसँगै रमाउने र कङ्गारु आइल्याण्डमा घुम्ने लगायतका जिम्मेवारी र कामहरु हुनेछन् ।
अवसरको लागि योग्य हुन अँग्रेजी भाषामा दक्षता, व्यक्तित्वका साथै काम गर्नसक्ने दक्षता लगायतका धेरै गुण हुन आवश्यक छ ।
छनोट प्रक्रिया विभिन्न चार चरणमा सम्पन्न गरिनेछ । जसमा फेसबुक पेज मार्फत समेत आवेदन दिन सकिने बताइएको छ ।
आवेदन स्वीकार भइसकेपछि आफूले काम गर्न चाहेको कारण सहितको ३० सेकेण्ड वा कम समयको भिडियो समेत पठाउनुपर्नेछ । त्यसका साथै अन्य प्रक्रियाहरु पूरा गर्दै गएपछि योग्य उम्मेद्धवारलाई अन्तरवार्तामा बोलाईने उल्लेख छ ।
 अन्तिम सूचीमा पर्न योग्य उम्मेद्धवारलाई अन्तरवार्ताको लागि दोहोरो टिकट र खानबस्नको समेत ब्यवस्था मिलाईने भएको छ ।
यो अवसरको बारेमा बेष्टजबस् डट अष्ट्रेलिया डट कममा गएर थप जानकारी लिन सकिने छ ।