सुनको भाउ बढ्यो, चाँदी स्थिर
|
६ चैत, काठमाण्डौ । सुनको भाउ मंगलवार केही बढेको छ । सोमवारको तुलनामा छापावाल सुन प्रतितोला एक सय रुपैयाँले बढेर मंगलवार प्रतितोला ५६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि सोमवार छापावाल सुन प्रतितोला ५६ हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो । यस्तै मंगलवार तेजावी सुनको मूल्य पनि बढेको छ । सोमवारको तुलनामा प्रतितोला १ सय रुपैयाँले बढेर तेजावी सुन ५६ हजार ३ सय ५० रुपैयाँ पुगेको छ । यसअघि तेजावी सुन सोमवार प्रतितोला ५६ हजार २ सय ५० रुपैयाँमा कारोवार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औँस १६ सय ६ डलर पुगेकाले त्यसको प्रभाव नेपाल बजारमा पनि परेको संघले जनाएको छ । यसैगरी चाँदीको मूल्य भने मंगलवार पनि स्थिर छ । आइतवारदेखि चाँदी प्रतितोला एक हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी प्रतितोला ५ रुपैयाँले बढेर आइतवार प्रतितोला एक हजार ४५ रुपैयाँ कायम भएको छ ।
|




