अग्निपीडितलाई राहत वितरण
![]() |
राजविराज, फागुन २८- सप्तरीको रायपुर गाविसमा शनिबार भएको भीषण आगलागीका पीडितहरु खुला आकाशमुनि बस्न बाध्य छन्। आगोले सर्वस्व गुमाएका दलित वस्तीका बासिन्दाहरुको बिचल्ली भएको छ। ख
अग्निपीडितलाई विभिन्न निकायले आज राहत वितरण गरेको छ। मारवाडी सेवा समाज सप्तरीले चामल, दालसहितको खाद्यान्न वितरण गरेको छ। प्रमुख जिल्ला अधिकारी हरिराज पन्तको नेतृत्वमा विभिन्न सङ्घ संस्थाको टोलीले राहत वितरण गर्दै पाल टाँगेका छन्।
सद्भावना पार्टी सप्तरीले पनि अग्नि पीडित महिलाहरुलाई साडी तथा प्रतिपरिवार पाँच किलोका दरले चामल वितरण गरेको छ। अग्नि पीडितका लागि नयाँ घर बनाउन आवश्यक प्रक्रिया थालिएको भवन निर्माण तथा सहरी डिभिजन कार्यालय राजविराजका इञ्जिनियर प्रदिप सिंहले बताए।
पीडितलाई राहतका लागि तत्कालै अस्थायी घर बनाउन विभागबाट आएको निर्देशनअनुसार काम थालिएको सिंहले बताए। आगलागी हुँदा घरबाट केही पनि निकाल्न नसकेको पीडितहरुको भनाइ छ। घरभित्र रहेको खाद्यान्न, लत्ता कपडासहितका सरसमानहरु जलेर नष्ट भएको छ।
आगलागीमा परी शुक्रबार साँझ मात्रै भारतको पञ्जावबाट भाइको उपचार गराउन फर्केका स्थानीय महेन्द्र सदाको ३० हजार भारतीय रुपैयाँ जलेर नष्ट भएको छ। घरमै पैसा राखेर जन्ती गएकाले पैसा खरानी भएको उनले बताए।
राजविराज नगरपालिकाबाट गएको दुईवटा बारुणयन्त्र तथा लहान नगरपालिकाको बारुणयन्त्रको सहयोगमा प्रहरी, सेना र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए। रासस