प्रेसिडेन्ट्स कपका लागि नेपालको प्रतिद्वन्द्वी को ?
![]() |
काठमाडौं, चैत ७ - यसै महिना टुंगो लाग्ने नेपालको ए डिभिजन लिग च्याम्पियन टोलीले दक्षिण एसियाली छिमेकी बंगलादेश, चाइनिज ताइपे र मंगोलियाको लिग विजेतालाई एएफसी प्रेसिडेन्ट्स कपको समूह चरण प्रतिद्वन्द्विका रुपमा पाएको छ।
मलेसियाको क्वालालम्पुरस्थित एसियाली फुटबल महासंघ (एएफसी) मुख्यालयमा मंगलबार भएको समूह विभाजनमा नेपाली लिग च्याम्पियनसँगै दुई बर्षअघिको विजेता चाइनिज ताइपेको ताइवान पावर कम्पनी, बंगलादेशको अवामी लिमिटेड र मंगोलियाको क्लब समूह एमा रहेका छन्। समूह 'ए'का खेलहरु २०७० वैशख २४ देखि २८ सम्म दशरथ रंगशालामा हुनेछ। यसपटक भाग लिने १२ राष्ट्रका लिग च्याम्पियनलाई तीन समूहमा विभाजन गरिएको छ।
दुई पटकको विजेता र चार पटकको उपविजेता कीर्गिस्तानाको डोरडोइ एफसी, आयोजक फिलिपिन्सको ग्लोबल एफसी, पाकिस्तानको केआरएल फुटबल क्लब र भुटानको याज्डीन एफसी समूह 'बी' मा परेका छन्।
कम्बोडियामा हुने समूह 'सी' खेलमा आयोजकको बेउकेट रुबल एफसी, प्यालेस्टाइनको अल्कुड्स हिलाल क्लब, तुर्किमिनिस्तानको बाल्कान र श्रीलंकाको श्रीलंका आर्मी स्पोर्टस क्लबले प्रतिस्पर्धा गर्नेछन्। यसै बर्षको सेप्टेम्बरमा हुने फाइनल चरणमा हरेक समूहका शीर्ष दुई टोलीले प्रवेश पाउनेछन्। एएफसीको वर्गीकरणमा रहेका 'ग' श्रेणीका राष्ट्रका लिग विजेताले हरेक वर्ष प्रेसिडेन्ट्स कपको समूह चरण खेल्ने प्रावधान छ।
सन् २००५ मा प्रेसिडेट्न्स कपको पहिलो संस्करण (एकै चरणमा) नेपालले आयोजना गरेको थियो। त्यस बेला नेपालको प्रतिनिधित्व गरेको थ्री स्टार सेमिफाइनलसम्म पुगेको थियो। त्यसपछि नेपाल पुलिसले ४, मनाङ मर्स्याङ्दी र एनआरटीले एक-एक पटक प्रेसिडेन्ट्स कप खेलेका छन्। प्रेसिडेन्ट्स कपको फाइनल पुग्ने पुलिस नेपालको एक्लो टोली हो। आठ बर्षपछि थ्री स्टार प्रेसिडेन्ट्स कपको नजिक रहेको छ। दरशथ रंगशालामा जारी सहिद स्मारकल ए डिभिजन सुपर लिगमा अन्तिम तीन खेल बाँकी रहँदा थ्री स्टार ३९ अंकका साथ शीर्षस्थानमा रहेको छ। दोस्रो स्थानको मनाङको ३४ अंक छ।