आजदेखि भृकुटीमण्डपमा औद्योगिक मेला
![]() |
७ चैत, काठमाडौं । आजदेखि राजधानीको भृकुटीमण्डपमा राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु हुँदैछ ।
प्रर्दशनी घरेलु तथा साना उद्योग विकास समितिले आयोजना गर्न लागेको हो । चैत ११ गतेसम्म संचालन हुने प्रर्दशनीमा पूर्वेली ढाका, बाँसजन्य वस्तुहरु, प्राकृतिक रेशाबाट उत्पादित बस्तुहरु, छालाजन्य वस्तुहरु, हस्तकला, खाद्य वस्तुहरु, आर्गानिक चिया तथा कफि, हाते कागज, ऊनीबाट बनेका वस्तुहरु राखिने आयोजकले जानकारी दिए ।
प्रदर्शनीमा ३ सयवटा स्टलहरु रहनेछन् । प्रदर्शनीको एक लाखभन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र ५ करोड बराबरको कारोबार हुने अनुमान आयोजकले गरेका छन । प्रर्दशनीले लघु घरेलु तथा साना उद्यमीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन सफल हुने अपेक्षा गरिएको छ ।
प्रदर्शनीमा सहभागी उद्यमीहरुमध्येबाट १५ जना उत्कृष्ट उद्यमीलाई छनौट गरी बिदेश भ्रमणमा लैजाने आयोजकले जनाएको छ ।
![]() |