सुनचाँदीको भाउ बढ्यो


२० फागुन, काठमाण्डौ । कारोवार हुने साताको पहिलो दिन सुनचाँदीको भाउ बढेको छ । गत शुक्रवारको तुलनामा छापावाल सुन प्रतितोला २ सय रुपैयाँले बढेर आइतवार प्रतितोला ५६ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि शुक्रवार छापावाल सुन प्रतितोला ५६ हजार ३ सय रुपैयाँमा कारोवार भएको थियो । यस्तै आइतवार तेजावी सुनको मूल्य पनि बढेको छ । शुक्रवारको तुलनामा प्रतितोला २ सय रुपैयाँले बढेर तेजावी सुन ५६ हजार २ सय ५० रुपैयाँ पुगेको छ । यसअघि तेजावी सुन शुक्रवार प्रतितोला ५६ हजार ५० रुपैयाँमा कारोवार भएको थियो ।
-->

अन्तर्राष्ट्रिय बजारमा डलरले भाउ केही बढेकाले त्यसको प्रभाव नेपालमा पनि परेको संघले जनाएको छ । यसैगरी चाँदीको मूल्य पनि शुक्रवारको तुलनामा बढेको छ । शुक्रवार प्रतितोला एक हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी प्रतितोला ५ रुपैयाँले बढेर आइतवार प्रतितोला एक हजार ५५ रुपैयाँ कायम भएको छ ।