जीवनको निम्तोमा डन र नेता हलमा
![]() |
बिकास आचार्यको निर्देशनमा तयार भएको चलचित्र ‘रिदम’ को बिशेष शो गरिएको छ । राष्ट्रियताको बिषयमा तयार भएको यो चलचित्र हेर्नका लागि युवा संघका नव निर्वाचित अध्यक्ष महेश बस्नेत, डन भनिएका केन्द्रीय सदस्य पर्शुराम बस्नेत सहितको दलबल गोपिकृष्ण हल पुगेको थियो ।नायक जीवन लुइटेलको निम्तोमा बस्नेतद्धय ‘रिदम’ हेर्न पुगेका थिए । जीवन र महेश छिमेकी भएका नाताले ‘रिदम’ मा उनलाई निम्तो गरिएको वुझिएको छ । बिकास आचार्यको निर्देशनमा तयार भएको यो सिनेमामा जीवनका अलवा स्वेता भट्टराई, विल्सन विक्रम राई, निर शाह लगायतका कलाकारको अभिनय छ । प्रदर्शनको दोश्रो सातामा पनि सिनेमाले राम्रो व्यापार गरिरहेको छ ।
कार्यक्रममा बस्नेतद्धयको आगमनसँगै नायक लुइटेलको सम्पुर्ण ध्यान उनीहरु तिरै तानिएको थियो । यसैले पनि जीवनसँग बस्नेतद्धयको सम्बन्ध निकट रहेको धेरैको वुझाई छ ।
![]() |