भगवानको स्पष्टीकरण - 'आर्थिक विवादमा फसाउन खोजेकाले राजीनामा'
![]() |
कर्मचारीद्वारा ज्ञापन, तत्काल स्वीकृत नगर्न प्रधानमन्त्रीको निर्देशन-
कोइरालाले आफूले बिरामी जथाभावी रेफर गर्ने प्रवृत्ति नियन्त्रण गर्न र आय बढाउन खोजेपछि विभागीय प्रमुखहरुले गलत हल्ला चलाएर डिन र अन्य पदाधिकारीलाई अनावश्यक दबाब दिएको आरोप लगाएका छन्। 'यो साँच्चिकै दुःखदायी भयो, केही नेता र स्वच्छ छविका प्राध्यापकसमेत बिरामी अन्य अस्पतालमा पठाउन हुने कुराप्रति जस्टिफाई गर्नतिर लागे,' कोइरालाले लेखेका छन्।
अघिल्लो कार्यकालका आर्थिक विषयमा विशेष अडिट गर्न खोज्दा त्रिविका पदाधिकारीले समेत असहयोग गरेको उनको भनाइ छ। उनले आर्थिक लचकता अपनाइएका फाइलहरुलाई स्वीकृतिका लागि तीव्र दबाब आएको तर त्यसलाई नमान्दा नै विश्वविद्यालयले दैनिक काम नै रोकिने गरी थुप्रै फाइल अड्काएको उनले जनाएका छन्। 'फाइल अड्काउनुपछाडि मैलाई पैसाको कुरामा फसाउन खोज्नु प्रमुख कारण थियो,' कोइरालाले उल्लेख गरे।
उनी निकटस्रोतका अनुसार कोइरालाले थुपै्र अनियमितताका पुरानो भुक्तानी रोकेका थिए। त्यसमा संलग्न माथिल्ला निकायका पदाधिकारीले नयाँ फाइल स्वीकृतिको सर्तसमेत पुरानो भुत्तानी दिने कुरालाई बनाएका थिए। कोइरालाले घुमाउरो पारामा अनियमितताको आशंका लागेका पार्टीलाई अडिट नगरी भुक्तानी दिन स्वीकृत नगर्दा पनि पुराना सप्लाई (जुन कुनै पार्टीसँग सम्बन्धित थिए) लाई पुनः नियुक्ति नगर्नुले पनि पाइलापाइलामा माथिबाट असहयोग भएको उल्लेख गरेका छन्।
उनले अस्पताल निकै संकटमा रहेको अवस्थाबाट डिन प्रकाश सायमी र विश्वविद्यालयका अन्य पदाधिकारीले रेस्क्युका लागि विशेष आग्रह गरेको र सहयोगको सर्तसहित मुश्किलले मात्रै स्विकारेको स्मरण गराएका छन्। उनले ती पदाधिकारीले अस्पतालको पुरानो ऋण तिर्न गरेको बाचासमेत पूरा नगरेको बताए।
कोइरालाले प्रतिकूलताबीच पनि आफूले डिन कार्यालयको सहयोगमा केही पुरानो वक्यौता तिरेको, नागरिक लगानी कोषको वक्यौता तिरेको, समयमा तलब खुवाएको र आर्थिक हिसाबले अस्पताललाई सुधारको बाटोमा लगेको दाबी गरेका छन्। 'संकटमा रहेको संस्थालाई उद्धार गर्न मैले निश्चित रुपमा कडा बाटो लिनुपर्ने नै थियो,' उनले उल्लेख गरे। सोही आधारमा चिकित्सकलाई अनुशासनमा राख्न खोज्नु र सेवाको दायरा बढाएर आम्दानी बढाउन बिरामी रेफर गर्ने प्रवृत्ति रोकेको स्पष्ट गरेका छन्। त्यसका लागि भ्रष्टहरुलाई कानुनी कारबाही गरेको, विद्युतीय हाजिर अनिवार्य गराएको उनले बताए। यस्तो अवस्थामा अस्पताल प्रशासनिक स्टाफले भने ठूलो सहयोग गरेको उनको भनाइ छ।
दीपक दाहाल, काठमाडौं, फागुन २२- त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. भगवान कोइरालाले अस्पतालका वरिष्ठ चिकित्सक र विश्वविद्यालयका पदाधिकारीले आर्थिक विवादमा फसाउन खोजेकाले आफूले पदबाट राजीनामा दिएको बताएका छन्।
शुक्रबार भिसीलाई राजीनामा बुझाएका कोइरालाले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत अस्पतालका बिरामी जथाभावी रेफर गर्ने प्रवृत्तिविरुद्ध सिस्टम बसाउन खोज्दा विभागीय प्रमुखले नै अटेर गरी असहयोग गरेको प्रस्ट पारेका हुन्। छोटो कार्यकालमा आफूले व्यक्तिगत रुपमा गर्नसक्ने अधिकतम गरेको तर सहयोग चाहिने कुराका लागि धेरै ठाउँबाट सहयोग नपाएको गुनासो गरे। 'राजीनामाबारे मैले चुप लागेर बस्न चाहेको थिएँ, हजारौंले कारण जान्न चाहे,' उनले फेसबुकमा लेखेका छन्।
-->शुक्रबार भिसीलाई राजीनामा बुझाएका कोइरालाले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत अस्पतालका बिरामी जथाभावी रेफर गर्ने प्रवृत्तिविरुद्ध सिस्टम बसाउन खोज्दा विभागीय प्रमुखले नै अटेर गरी असहयोग गरेको प्रस्ट पारेका हुन्। छोटो कार्यकालमा आफूले व्यक्तिगत रुपमा गर्नसक्ने अधिकतम गरेको तर सहयोग चाहिने कुराका लागि धेरै ठाउँबाट सहयोग नपाएको गुनासो गरे। 'राजीनामाबारे मैले चुप लागेर बस्न चाहेको थिएँ, हजारौंले कारण जान्न चाहे,' उनले फेसबुकमा लेखेका छन्।
कोइरालाले आफूले बिरामी जथाभावी रेफर गर्ने प्रवृत्ति नियन्त्रण गर्न र आय बढाउन खोजेपछि विभागीय प्रमुखहरुले गलत हल्ला चलाएर डिन र अन्य पदाधिकारीलाई अनावश्यक दबाब दिएको आरोप लगाएका छन्। 'यो साँच्चिकै दुःखदायी भयो, केही नेता र स्वच्छ छविका प्राध्यापकसमेत बिरामी अन्य अस्पतालमा पठाउन हुने कुराप्रति जस्टिफाई गर्नतिर लागे,' कोइरालाले लेखेका छन्।
अघिल्लो कार्यकालका आर्थिक विषयमा विशेष अडिट गर्न खोज्दा त्रिविका पदाधिकारीले समेत असहयोग गरेको उनको भनाइ छ। उनले आर्थिक लचकता अपनाइएका फाइलहरुलाई स्वीकृतिका लागि तीव्र दबाब आएको तर त्यसलाई नमान्दा नै विश्वविद्यालयले दैनिक काम नै रोकिने गरी थुप्रै फाइल अड्काएको उनले जनाएका छन्। 'फाइल अड्काउनुपछाडि मैलाई पैसाको कुरामा फसाउन खोज्नु प्रमुख कारण थियो,' कोइरालाले उल्लेख गरे।
उनी निकटस्रोतका अनुसार कोइरालाले थुपै्र अनियमितताका पुरानो भुक्तानी रोकेका थिए। त्यसमा संलग्न माथिल्ला निकायका पदाधिकारीले नयाँ फाइल स्वीकृतिको सर्तसमेत पुरानो भुत्तानी दिने कुरालाई बनाएका थिए। कोइरालाले घुमाउरो पारामा अनियमितताको आशंका लागेका पार्टीलाई अडिट नगरी भुक्तानी दिन स्वीकृत नगर्दा पनि पुराना सप्लाई (जुन कुनै पार्टीसँग सम्बन्धित थिए) लाई पुनः नियुक्ति नगर्नुले पनि पाइलापाइलामा माथिबाट असहयोग भएको उल्लेख गरेका छन्।
उनले अस्पताल निकै संकटमा रहेको अवस्थाबाट डिन प्रकाश सायमी र विश्वविद्यालयका अन्य पदाधिकारीले रेस्क्युका लागि विशेष आग्रह गरेको र सहयोगको सर्तसहित मुश्किलले मात्रै स्विकारेको स्मरण गराएका छन्। उनले ती पदाधिकारीले अस्पतालको पुरानो ऋण तिर्न गरेको बाचासमेत पूरा नगरेको बताए।
कोइरालाले प्रतिकूलताबीच पनि आफूले डिन कार्यालयको सहयोगमा केही पुरानो वक्यौता तिरेको, नागरिक लगानी कोषको वक्यौता तिरेको, समयमा तलब खुवाएको र आर्थिक हिसाबले अस्पताललाई सुधारको बाटोमा लगेको दाबी गरेका छन्। 'संकटमा रहेको संस्थालाई उद्धार गर्न मैले निश्चित रुपमा कडा बाटो लिनुपर्ने नै थियो,' उनले उल्लेख गरे। सोही आधारमा चिकित्सकलाई अनुशासनमा राख्न खोज्नु र सेवाको दायरा बढाएर आम्दानी बढाउन बिरामी रेफर गर्ने प्रवृत्ति रोकेको स्पष्ट गरेका छन्। त्यसका लागि भ्रष्टहरुलाई कानुनी कारबाही गरेको, विद्युतीय हाजिर अनिवार्य गराएको उनले बताए। यस्तो अवस्थामा अस्पताल प्रशासनिक स्टाफले भने ठूलो सहयोग गरेको उनको भनाइ छ।
राजीनामा तत्काल स्वीकृत नगर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री बाबुराम भट्टराईले कोइरालाको राजीनामा तत्काल स्वीकृत नगर्न डिन सायमीलाई निर्देशन दिएका छन्। सोमबार बेलुका सामाजिक सञ्जाल टि्वटरमार्फत उनले कोइरालाको राजीनामाप्रति दुःख व्यक्त गर्दै आफूले उनको राजीनामा तत्काल स्वीकृत नगर्ने निर्देशन दिएको खुलासा गरेका हुन्।
यता, राजीनामा फिर्ता लिने वातावरण बनाउनुपर्ने भन्दै शिक्षण अस्पतालका कर्मचारीले उपकुलपतिलगायतका पदाधिकारीसमक्ष आइतबार नै ज्ञापनपत्र बुझाएका छन्।
कोइराला आएपछि अस्पतालमा थुपै सुधार भएर अस्पतालको मुहार नै फेरिएको भन्दै अहिलेको अवस्थामा उनलाई पुनः पदमै फर्किएर काम गर्ने वातावरण बनाउन पदाधिकारीसमक्ष आग्रह गरे। ठूलो संख्यामा कर्मचारीहरुले हस्ताक्षेर गरेको ज्ञापनपत्र चिकित्साशास्त्र अध्ययन संस्थानका डिन डा. सायमीलाई बुझाएपछि त्यसको बोर्धार्थ उपकूलपति रेक्टर रजिस्ट्रारलगायतलाई दिइएको अस्पतालका लेखाप्रमुख ओजमानसिंह श्रेष्ठले बताए।
ज्ञापनपत्रमा अस्पतालको सेवा र शैक्षिक गुणस्तरसमेत कायम राख्न कोइरालाको राजीनामा फिर्ता लिने वातावरण बनाउनुको कुनै विकल्प नभएको उल्लेख छ। 'आर्थिक हिसाबले जर्जर अस्पताललाई छोटो समयमै प्रगतिपथमा लैजानु ठूलो उपलब्धि हो, संस्थाका लागि पनि त्यसलाई जोगाउँन उहाँलाई पदमा फर्काउनुपर्छ,' श्रेष्ठले भने।
कोइरालालाई मंसिर ३ गते त्रिवि कार्यकारी परिषद्ले कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। १ सय ८ दिनपछि शुक्रबार डिनसमक्ष राजीनामा बुझाए पनि परिषद नबसेकाले राजीनामा स्विकृत हुन बाँकी छ। त्रिविका रेक्टर गुणनीति न्यौपानले कार्यकारी परिषद बोलाउने मिति तय नभएको बताए। स्रोतका अनुसार उपकूलपति हिरालाल महर्जनलगायत केही पदाधिकारीले कोइरालालाई भेटेर राजीनामाबारे पुनर्विचार गर्न आग्रह गर्दैछन्।