मदर टेरेसा पैसाको लागि काम गर्थिन


२२ फागुन, काठमाण्डौं । के असहायहरुका लागि दैवीशक्तिको रुपमा समाज सेवमा रहेकी सन्त मदर टेरेसाको जीवन अहिलेसम्म प्रचारमा आएजस्तो थिएन् ? के उनी सबै काम पैसाका लागि गर्थिन ? अनुसन्धानकर्ताहरुले उनको जीवनमाथि यस्ता प्रश्न उठाएको समाचार प्रकाशमा आएको छ ।
बेलायतको डेली मेलको अनलाईन संस्करणमा प्रकाशित समाचार अनुसार उनको जीनका करिब ३०० दस्तावेजको अध्ययन गर्दा उनीसँग सम्बन्धित सयौं विषयमा भ्याटिकन सिटीले चासो राखेको थिएन तर उनको मृत्यु भएको छ बर्षपछि सन् २००३ मा भने पोप जोनपाल दोस्रोले उनलाई धन्य घोषित गरेका थिए ।
अल्बानियामा जन्मेर अग्नेस गोन्जाको नामबाट मदर टेरेसा हुँदै भारतको कोलकातालाई कर्मथलो बनाएकी र असहाय, दीनदुःखी, मृत्युको अवस्थामा रहेका बिरामीहरुको सेवामा जीवन अर्पण गरेकी उनीलाई उनको मानवीय सेवाका लागि नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । गोरखापत्र दैनिकमा खबर छ ।
-->

कोलकातामा मिसिनरी अफ च्यारिटीको स्थापना गरी बिरामी र विपन्नको सेवामा समर्पित टेरेसाले धेरै पैसा जम्मा गरेको तर बिरामी र गरिबको उचित उपचार नगरेको तथ्य फेला परेको दाबी अनुसन्धानकर्ताहरुले गरेका छ । स्टडिज इन रिलिजियन/साइन्सेज (धर्म/वित्रानमा अध्ययन) नामक जर्नलमा प्रा. सर्गे लारिभिए र जेनेभिएभे चेनार्यले भनेका छन्, उनको पवित्रताको ख्याति परीक्ष्णमा खरो उत्रँदैन् ।
प्रा. लारिभिएले भने ‘नैतिकतासम्बन्धी एउटा सम्मेलनका लागि निःस्वार्थताको परिस्थितिसम्बन्धी दस्तावेजहरु हेर्दा एउटाले हामीलाई एक महिला मदर टेरेसाको जीवनी र उनले काम गरेको क्याथोलिक चर्चमा घोरिन बाध्य गरायो ।’