केन्द्रीय समिति बैठक चलिरहेकाबेला विभिन्न पार्टीका महिला नेतृहरु पेरिसडाँडा
|
असारमै चुनाव गर्न अन्तरपार्टी महिला सञ्जालको ज्ञापन
काठमाडौं, चैत्र ७ - अन्तरपार्टी महिला सञ्जालले असार महिनामै संविधानसभा चुनाव हुनुपर्ने माग गर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएका छन् ।
एमाओवादी केन्द्रीय समिति बैठक चलिरहँदा अन्तरपार्टी महिला सञ्जालका नेतृहरु दाहाललाई ज्ञापन पत्र बुझाउन पेरिसडाँडा आएका हुन् । सञ्जालले असारमै संविधानसभा चुनाव हुनुपर्नेमा जोड दिंदै समानुपातिक प्रतिनिधित्व गराउँदा महिलाको संख्या ५१ प्रतिशत सुरक्षित गर्नुपर्नेमा जोड दिएका छन् ।
ज्ञापन पत्रमा संवैधानिक निकायमा अनिवार्य महिला प्रतिनिधित्व र राजनीतिक दलमा एक तिहाई महिला हुनुपर्नेमा जोड दिइएको छ । ज्ञापन पत्र बुझेपछि एमाओवादी अध्यक्ष दाहालले सञ्जालको मागलाई गम्भीररुपमा लिएको बताए । 'तपाईंहरुको कुराहरु गम्भीरुपमा लिएका छौं,' दाहालले भने, 'केन्द्रीय समिति बैठकले सकारात्मक निर्णय गर्नेछ ।'
|

.jpg)


