लोकमान सिंहलाई अख्तियारमा नियुक्त नगर्न सर्वोच्चमा रिट
|
७ चैत, काठमाडौं । पूर्वमुख्यसचिव लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख नबनाउन माग गर्दै बुधबार सर्वोच्च अदालतका रिट दर्ता भएको छ ।
अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको ३ पृष्ठको सो रिटमाथि शुक्रबार पहिलो सुनुवाइ हुने अदालतले जनाएको छ । अख्तियारमा प्रस्तावित कार्की जनआन्दोलनका दमनकर्ता एवं अख्तियारले समेत सरकारी सेवामा अयोग्य ठहर गरेको व्यक्ति भएकाले उनलाई नियुक्ति नगर्न नगराउन रिटमा माग गरिएको छ ।
चार दल सम्मिलित उच्चस्तरीय राजनीतिक समितिले कार्कीलाई अख्तियारको प्रमुख आयुक्त बनाउने निर्णय गरेको र सो निर्णय मन्त्रिपरिषद्का अध्यक्षलाई बुझाइएको भन्दै त्यसलाई बदर गर्न माग गरिएको छ । कार्कीबारे मिडियामा आएका सामाचारका आधारमा रिट दायर गरिएको अधिवक्ता अर्यालले अनलाइनखबरलाई बताउनुभयो ।
‘संविधानको धारा १५५ को संसदीय सुनुवाइको व्यवस्था बाधाअड्काउ फुकाउको आदेशद्वारा निष्कृय बनाइएको बर्तमान अवस्थामा विपक्षी निज पूर्वमुख्य सचिव श्री लोकमानसिंह कार्की जस्तो अयोग्य व्यक्तिलाई प्रमुख आयुक्त पदमा नियुक्त गर्न खोज्नु जनतामाथिको धोका र जालझेल हो ।’ अर्यालद्वारा दायर रिटमा भनिएको छ- ‘हाल व्यवस्थापिका-संसद पनि नभएको हुँदा कथम्कदाचित् विपक्षीहरुद्वारा निजलाई उक्त पदमा नियुक्ति गरिएमा निजलाई पदमुक्त गर्न सक्ने कुनै उपाय छैन । निजको नियुक्ति नरोकिएमा नेपाली जनता र राष्ट्रलाई नै अपुरणीय क्षती हुन जाने, भ्रष्टाचारीले उन्मुक्ति पाउने र सदाचारी चाहिँ राजनैतिक प्रतिशोधको सिकार बन्नु पर्ने अवस्था छ ।’