ब्रजिलविरुद्ध इटलीको उत्कृष्ट पुनरागमन

९ चैत, काठमाडौं । अन्तराष्ट्रिय मैत्रिपूर्ण फुटबलमा इटलीले ब्राजिललाई बराबरीमा रोकेको छ ।

बिहीबार राति भएको खेलमा २ गोलले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै इटलीले २–२ को बराबरी खेलेको हो ।



खेलको ३३ औं मिनेटमा फ्रेडको गोलबाट अग्रता लिएको ब्राजिलका लागि ४४ औं मिनेटमा ओस्कारले गोल गरे । पहिलो हापमा दुई गोलले पछि परेको इटलीले हार मानेन र दोस्रो हापमा उत्कृष्ट पुनरागमन गरेको इटलीले ३ मिनेटभित्र २ गोल गर्दै खेललाई बराबरीमा पु¥यायो ।
भिडियो हेर्नुहोस 






उसका लागि ५४ औं मिनेटमा रोसी र ५७ औं मिनेटमा मारियो बोलोटेलीले गोल गरे । खेलमा दुबै टोलीले केही राम्रा मौका गुमाएका थिए ।