बेल्जियममा नेपालीको रहस्यमय मृत्यु


बेल्जियम, चैत ९ – वैदेशिक रोजगारीका सिलसिलामा बेल्जियम पुगेका एक नेपालीको रहस्यमय मृत्यु भएको छ । काठमाडौं कलंकीका ४७ वर्षीय लक्ष्मण खत्रीको बेल्जियमको आन्थ्रोपेन शहरमा पाँच दिनअघि मृत्यु भएको हो ।
खत्रीको शव नेपाली समुदाय तथा परिवारका सदस्यको अनुमतिबिनै स्थानीय प्रहरीले बिहीबार खाल्डो खनेर गाडिदिएको छ ।
बेवारिसे अवस्थामा शव भेटेपछि नेपाली दूतावास र गैर आवासिय संघमा खबर गर्दा कोही नआएकाले आफूहरुले शव गाडिदिएको आन्थ्रोपेन प्रहरीका अधिकारीलाई उद्धृत गर्दै बेल्जियममा रहेका नेपाली पत्रकार सुशील खरेलले बताउनुभयो ।




आफूसँग १० दिनअघि भएको भेटमा खत्रीले बेल्जियम आएको आठ वर्ष भएको र मधुमेह रोगको बिरामी रहेको बताएको खरेलले जानकारी दिनुभयो ।
प्रहरीले सडकमा शव भेटेको बताए पनि पोष्टमार्टमबिनै शव गाडिएकाले मृत्यु रहस्मय बनेको हो ।