पप्पुको प्रतिष्ठालाई धुँवामा उडाइन् रेखाले !


विजय आवाज
चलचित्र बिकास बोर्डको अध्यक्षमा नियुक्त भएका धमेन्द्र मरबैता ‘पप्पु’ र बोर्ड अध्यक्ष बन्न दौडधुप गरिरहेकी नायिका रेखा थापाबीचको दोस्ती एकाएक उचाइमा पुगेको छ ।

नायिका थापाले अमेरिकाबाट नेपाल आउने बित्तिकै पप्पु बोर्ड अध्यक्ष बनेर आफूलाई खुशी लागेको बताएकी थिइन् । उनै नायिका थापा र पप्पुले शिवरात्रीमा गााजा तान्दै गरेको तस्वीर अहिले एकाएक चर्चामा आएको छ ।
 कुनै पनि सरकारी निकायको जिम्मेवार पदमा बसेको व्यक्तिले यसरी खुलम्खुला गाँजा तान्नु हुन्थ्यो या हुदैनथ्यो, त्यो आफैंमा प्रश्नको बिषय छ । तर नायिका थापाले पप्पुसँग गाँजा तान्दै गरेको तस्वीर किन खिचाइन् र यसलाई मिडियामा किन ल्याइयो त्यो अर्को प्रश्न उठाउने बिषय बनेको छ ।चलचित्र बिकास बोर्डमा नायिका थापाले अध्यक्ष बन्नका लागि दौडधूप गरिरहादा धेरै चलचित्रकर्मीले बिरोध गरेका थिए । चलचित्रकर्मीको विरोधपछि रेखा अमेरिका लागेकी थिइन् । तर बोर्डमा पप्पु अध्यक्ष बनेपछि शुरुवात विरोध भएपनि अन्त्यमा चलचित्रकर्मीले समर्थन गरेका थिए । बोर्ड अध्यक्ष बनेको २ महिनामै सिने नगरीमा उथलपुथल ल्याउने उद्घोष गरेका पप्पुले आजसम्म केही गर्न सकेका छैनन् । आफ्नो बुद्धिले भन्दा पनि बाहिरी रिमोट कन्ट्रोलले पप्पुलाई चलाएको हल्ला सिने नगरीमा चलेको छ र यो एक हदसम्म सही पनि हो ।




रेखा थापा त स्क्यान्डल र चर्चामा आउनका लागि विभिन्न क्रियाकलाप गर्न माहिर मानिन्छिन् । कहिले पति छविराज ओझासँगको डिभोर्सको खबर त कहिले आमा बन्न नपाएको गुनासो, रेखाले मच्चाएका स्क्यान्डलमा नमुना हुन् यि । यसैले पनि उनका लागि म सेलिब्रेटी हुा भन्ने कुरा नै बिर्सिएर गाजा तानेको तस्बिर मिडियामा सार्वजनिक गर्नु सामान्य हुन सक्छ । तर बोर्ड अध्यक्ष बनेर सकारात्मक सन्देश दिने अपेक्षा गरिएका पप्पु पनि चर्चामा आउनका लागि यो हदसम्म पुग्छन् भन्ने अनुमान कमैले मात्र लगाएका थिए ।
चलचित्र बिकास बोर्डमा पप्पु अध्यक्ष हुने खबरले चर्चा पाइरहादा रेखाले घुमाउरो पारामा उनको विरोध पनि गरेकी थिइन् । पप्पुले नायिका थापासँग दिनदहाडै गाँजा तानेपछि यसले सर्वाधिक चर्चाको रुप पाएको छ । रेखाले पप्पुलाई पनि आफ्नै बशमा रहेको देखाउन यो कदम चालेको धेरैको अड्कल छ । तर शिवरात्रीको दिनमा खिचिएको यो तस्वीर सुनियोजित थियो या संयोग मात्र त्यो पप्पुले नै जान्ने कुरा हो । रेखा थापाले पप्पुसँगै बसेर गाँजा तानेको तस्वीर खिचाएर उनको प्रतिष्ठालाई केही हदसम्म भएपनि धुँवामा उडाउने काम गरेको धेरैको विश्लेषण छ ।