आमा बनिन् बिपाशा


काठमाडौ, फाल्गुन २८ - 'आमा बन्नु साह्रै गाह्रो काम रहेछ', भारतीय अभिनेत्री बिपशा वसुलाईलाई बल्ल यस्तो धारणा पलाएका छ । उनले आफूलाई आमाको भूमिका निर्वाह गर्न यत्ति गाह्रो हुन्छ भन्ने पहिले कहिल्यै नलागेको बताएकी छन् ।
आफ्नो आगामी चलचित्र आत्मामा ५ बर्षीया छोरीको आमाको भूमिका निर्वाह गरेकी वसुले बाल्यकालमा आमालाई दिएको दुःख सम्झिएर अहिले पश्चाताप भएको बताएकी छन् ।
चलचित्रकी कलाकार ५ बर्षीया डोयलसाग दैनिक ८ देखि १० घण्टा बिताउँदा आफूलाई आमाले पाउने दुःखको बारेमा अनुभव भएको वसुको भनाई छ ।