१८ महिनाको छोरोको बुवा को हुन् ?
![]() |
भारतको देहरादुन नजिकैको गाउँमा ५ पतिका साथ जीवन बिताइरहेकी २१ बर्षीया राजो बर्मा अहिले पश्चिमी मिडियाको प्राथमिकताको सूचीमा छन् । पौराणिक महाभारतको कथामा उल्लेख गरिएको एक द्रौपतिले ५ पाण्डव दाजुभाईसँग बिहे गरेरझैं राजो ५ दाजुभाईलाई पति मानेर जीवन बिताइरहेकी छिन् ।
उनको काखमा भएको १८ महिनाको छोरोको बुवा ५ मध्ये को हुन् भन्नेसम्म यकिन उनलाई छैन् । बिहे गरेको पुरुषका दाजुभाईलाई पनि पति मान्नु पर्ने यो समुदायको रिति अनुसार उनको यत्तिको पति भएका हुन् ।
चार बर्षअघि गुड्डुसँग विवाह गरेपछि उनलवे उनका चारै दाजुहरुलाई पति मान्नु परेको हुन् ।
'सबैलाई पति मान्नुपर्ने थाहा थियो तै पनि बिहे गरेर आएँ', कभर एसिया प्रेसलाई उनले भनेकी छन्,'सुरुमा अप्ठेरो
लागेपछि बिस्तारै बानी हट्यो ।' उनले आफ्नो आमाको पनि तीन जना पति भएकाले धेरै अप्ठेरो अनुभव नभएको प्रतिक्रिया दिएकी छन् ।
लागेपछि बिस्तारै बानी हट्यो ।' उनले आफ्नो आमाको पनि तीन जना पति भएकाले धेरै अप्ठेरो अनुभव नभएको प्रतिक्रिया दिएकी छन् ।
समुदायको परम्परा अनुसार उनले ३२ बर्षका बज्जु, २८ बर्षका शान्तराम, २६ बर्षका गोपाल र १८ बर्षका दिनेशलाई उनले पति स्वीकार्नु परेको छ । तर, उनीहरु आफू खुशीसाथ बसेको बताउँछन् ।
उनलाई बिहे गर्ने २१ बर्षीया गुड्डुले आफ्ना सबै दाजुभाई रामोसँग पालैपालो सुत्ने गरको भए पनि आफूलाई कुनै ईश्र्या नभएको बताउँछन् । 'हामी ठूलो सुखी परिवार छौं', उनलाई उद्धृत गर्दै कभर एसिया प्रेसले लेखेका छ ।
सबैभन्दा जेठा बज्जुले आफूले रामोलाई पत्नी ठानेर सँगै सुत्ने गरेको बताउँछन् । ५ जना दाजुभाई मजदुरीका लागि देहरादुन जाने गरेका छन् । उनीहरुको एक कोठे घरमा उनीहरु कम्बल ओछ्याएर पालैपालो राजोसँग सुत्ने गरेको कभर एसिया प्रेसले जनाएको छ ।
![]() |