बाबुरामसँगै देखिए ‘भावी प्रधानमन्त्री’ (सरस्वती पूजाको फोटोफिचरसहित)
![]() |
४ फागुन, काठमाडौं । पछिल्ला केही दिनयता नेपाली राजनीति खीलराजमय बनेको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश रेग्मीलाई मुलुकको कार्यकारी प्रमुख बनाउन राजनीतिक दलहरुदेखि शक्तिकेन्द्रहरुवीच लागिरहेकै छन् । तर, यो बिचमा कुनै सार्वजनिक अभिव्यक्ति नदिई लगभग गुमनाम रहनुभएका रेग्मी शुक्रबार काठमाण्डौको हनुमानढोकामा बहालवाला प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँगै भेटिनुभयो ।
सरस्वती पूजाका अवसरमा बसन्तुपरमा आयोजित बसन्त श्रवण कार्यक्रममा सँगै जोडिएको कुर्सीमा रेग्मी र भट्टराई सयपत्री फूलको माला लगाएको अवस्थामा देखिनुभएको हो । रेग्मी अर्थात आउँदै गरेका ‘प्रधानमन्त्री’ र भट्टराई अर्थात् जाँदै गरेका प्रधानमन्त्री ।
राष्ट्रपति र उपराष्ट्रपति बसेको कुर्सी टाढा-टाढा रहे पनि यी दुईको कुर्सी भने आयोजकहरुले जोडेर राखेका थिए । बसन्त श्रवणका दौरान दुवैजनावीच बेलाबेला कानेखुसीसमेत भएको थियो ।
आज बालबालिकालाई शिक्षा आरम्भ गराउने र नाक-कान छेड्ने गरिन्छ । काठमाडौं उपत्यकाका स्वयम्भू मैतीदेवी र गैह्रीधारा स्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत विभिन्न जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न खासगरी छात्रछात्राको घुइँचो लागेको थियो । हेरौं साना नानीहरुले कसरी अक्षर आरम्भ गरे-
![]() |