भ्यालेन्टाइनमा पुनमको उपहार ‘विकिनी’ (फोटो फिचरसहित)



मोडल तथा नायिका पुनम पाण्डे चर्चामा आउनका लागि विभिन्न किसिमका हर्कतहरु गर्छिन् । ट्विटरमा उत्तेजक तस्बिर राखेर पुनम चर्चामा आइरहेकी छिन् ।यसैक्रममा पुनमले भ्यालेन्टाइन गिफ्ट स्वरुप आफ्नो केही उत्तेजक फोटो सार्वजनिक गरेकी छिन् । भित्री बस्त्र नलगाई पुनमले सार्वजनिक गरेको फोटोले धेरै युवकहरुको मनलाई बहलाइदिन सक्छ ।
पुनमले ट्विटर मार्फत प्रतियोगिताको सुरुवात समेत गरेकी छिन् । प्रतियोगिताको विजेताले उपहार स्वरुप चलचित्र ‘नशा’ मा उनले लगाएको बिकिनी पाउनेछन् । तर पुनमको बिकिनी कसरी प्राप्त हुन्छ भन्ने बिषयमा भने केही खुलाइएको छैन ।