नेपाली नयाँ हिरोलाई जोन जस्तै देखाउने चाहना

चलचित्र ‘फेसबुक’ मा अभिनय गरेपछि नव नायक स्वतन्त्र प्रताप शाहको चर्चा नेपाली सिने बजारमा खुबै भयो । यसपछि उनी पुनः अष्ट्रेलिया हानिए । अहिले उनी नेपाली सिने बजारमा गुपचुप जस्तै छन् ।तर अष्ट्रेलियामा बसेका यि नायकलाई बलिउड नायक जोन अब्राहिम बन्ने चाहना रहेको स्पष्ट देखिन्छ । चलचित्र ‘मेरो भ्यालेन्टाइन’ मा उनले जोन जस्तै नागिंने कोशिश गरेका छन् ।चलचित्र ‘दोस्ताना’ मा नायक जोन अब्राहिमले आफ्नो भित्रि बस्त्रलाई केही तल झारेर चर्चा कमाएका थिए । उनको जस्तै चर्चा पाउने चाहना नेपाली नायक स्वतन्त्रप्रताप शाहमा पनि देखिन्छ । उनले पनि जोनको सिको गर्दै चलचित्र ‘मेरो भ्यालेन्टाइन’ मा आफ्नो भित्री बस्त्र केही तल झारेर देखाउने प्रयास गरेका छन् । हेरौ फेसुबकबाट असफल भएका यि नायकको बलिउड नायक जोन अब्राहिम बन्ने सपना पुरा हुन्छ या हुदैन ।