'सहमति आज भए आजै, भोलि भए भोलि राजीनामा'
![]() |
काठमाडौं, फाल्गुन १३ - प्रधानमन्त्री बाबुराम भट्टराईले दलहरुबीच सहमति भए तत्काल राजीनामा दिने उनका स्वकीय सचिवले दाबी गरेका छन् ।
प्रधानमन्त्रीका स्वकीय सचिव विश्वदीप पाण्डेले बाबुराम भट्टराईले दलहरुबीच सहमति भएलगत्तै प्रधानमन्त्रीको राजीनामा आउने उल्लेख गरे ।
'अझै पनि जेठमा संविधानसभाको चुनाव सम्भव छ १ जेठमै चुनाव गर्ने कुरामा विपक्षीदलहरु सहमतिमा आउँछन् र सहमतिपत्रमा हस्ताक्षर गर्छन् भने प्रधानमन्त्री त्यतिबेलै राजीनामा दिन तयार, आज गर्छन् भने आजै भोलि गर्छन् भने भोलि...,' पाण्डे भन्छन्, 'प्रधानमन्त्रीको राजीनामा गराउने तर जेठमा चुनाव नगर्ने विपक्षी दलहरुको मनशाय रहेको हुँदा सबै परिवर्तनकामी शक्तिहरु सचेत रहन जरुरी छ ।'
प्रधानमन्त्री बाबुराम भट्टराईले पनि आइतबार नै टि्वट गर्दै चुनावका लागि आलटाल भएको बताएका छन् । टि्वटमा छ, 'जेठमा चुनाव नगर्नको निम्ति विभिन्न पक्षबाट आलटाल भैरहनु दुःखद कुरा हो । म जसरी पनि जेठमा चुनाव होस् भन्ने चाहन्छु । सवैवाट सहयोगको अपेक्षा ।'
-->
![]() |