पोथी चिम्पाञ्जीको लत
![]() |
युवायुवतीलाई पोर्न सामग्री हेर्ने लत बस्ने गरेको कुरा त सुनिएकै हो। हुँदाहुँदा बाँदरलाई समेत अश्लील चलचित्र हेर्ने बानी बसेको छ। स्पेनको एक चिडियाखानामा रहेको गिना नामको चिम्पाञ्जीमा अश्लील चलचित्र तथा अन्य पोर्न सामग्री हेर्ने लत बसिसकेको छ। सेभिली चिडियाखानाको उक्त पोथी चिम्पाञ्जी चिडियाघरमा राखिएको टेलिभिजनमा पोर्न सामग्री प्रसारण हुने च्यानल हेर्न मन पराउँछ। अझ अचम्मको कुरा त के भने उसको नजिकै रिमोट राखिदियो भने चिम्पाञ्जीले आफै रिमोट चलाएर पोर्न च्यानल टयुन गर्छ।
चिडियाघरको उक्त चिम्पाञ्जी मानिसको अश्लील सामग्री हेर्ने लतमा फसेको कुरा बाँदरविज्ञ पाब्लो हेरेओसले पत्ता लगाएका हुन्। चिडियाखानाको आफ्नो अध्ययनका क्रममा उनी गिना चिम्पाञ्जीको बानीबेहोरा देखेर तीनछक्क परे। यसबीच गिनाको चाहनालाई मध्यनजर गरी उसको रातलाई रंगीन बनाउन चिडियाखानाका अधिकारीहरूले उक्त चिम्पाञ्जी राखिएको कोठामा टेलिभिजन जडान गरिदिने निर्णय गरे का छन्।
![]() |