बिहीबारको उपत्यका बन्द फिर्ता

काठमाडौँ, फागुन २ - मूल्यवृद्धिको विरोधमा मोहन वैद्य नेतृत्वको नेकपा-माओवादी सम्बद्ध जनवर्गीय सङ्गठनले बिहीबारका लागि घोषणा गरेको काठमाडौँ उपत्यका बन्द फिर्ता लिएका छन्। 
नेपाल आयल निगमले खाना पकाउने एलपिजी ग्यासमा मूल्यवृद्धि गरेपछि सोको विरोधमा बिहीबार उपत्यका बन्द आह्वान गरिएकामा निगमले आज मूल्यवृद्धि फिर्ता गरेपछि बन्द फिर्ता लिइएको माओवादी सम्बद्ध अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष गुणराज लोहनीले जानकारी दिए। रासस