चाहना पैसावाल पतिको

काठमाडौ, मंसिर २ - धनसम्पत्तिमा वास्तवमै गजबको चुम्बक हुन्छ । त्यो पनि स्वाभिमानको कमाइमा बडो आकर्षण हुने रहेछ । करिब ९० प्रतिशत युवती यस्ता युवकसँग जीवन बिताउन चाहँदा रहेछन् जो आपmनै कमाइमा रजाइँ गर्न सक्छन् । पुख्र्यौली सम्पत्ति भएका युवकहरूलाई चाहिँ ५ प्रतिशत युवतीले मात्र रुचाउने रहेछन् ।
अस्ट्रेलियामा भएको यो अध्ययनले जीवनसाथी सम्बन्धित महिलाहरूको इच्छा-आकांक्षा बारेमा प्रस्ट पारेको छ । युनिभर्सिटी अफ वेस्टर्न सिड्नीका डा. पिटर जोनसनद्वारा गरिएको यो अनुसन्धानमा जीवनसाथी रोज्नु पछाडिको मनोविज्ञानबारे अध्ययन गरिएको हो ।
पिटरले भनेका छन्, 'सबै भन्छन्, युवतीहरू पैसा भएका केटाहरूसँग बिहे गर्न रुचाउँछन्, तर यो पूर्ण सत्य छैन । तर यो मूल कुराको सरलीकरण हो । वास्तवमा उनीहरू यस्तो जीवन साथी चाहन्छन्, जो स्वाभिमानी होस्, समझदार होस् । पैसा कमाउनु यी दुई गुणलाई सावित गर्ने एउटा माध्यम हुन सक्छ ।'

पुरुषले बढी सहन सक्छन् पीडा
सहनशीलता महिलामा बढी हुन्छ भन्ने हामी मान्छौं, त्यो होला पनि । पीडा सहन सक्ने क्षमता चाहिँ पुरुषमा बढी हुन्छ । नयाँ अध्ययनले सावित गरेको छ- महिलाभन्दा पुरुषले बढी दुखाइ सहन सक्छन् । महिलाभन्दा बढी पीडा खपेर पनि पुरुषहरू
अनुहारमा यसको झल्को आउन दिँदैनन् किनभने उनीहरू आफूलाई बलियो पुरुषको रूपमा हेरियोस् भन्ने चाहन्छन् ।
लिड्स मेट्रोपोलिटन युनिभर्सिटीका अनुसन्धाताहरूले गरेको यो अध्ययनमा दुखाइ सहन सक्ने तागत र यसप्रति महिला र पुरुषको दृष्टिकोण थाहा पाउने प्रयास गरिएको थियो । पीडा विशेषज्ञ ओसमा तसानीले बेलायती र लिबियाली गरी दुई सय विद्यार्थीलाई अनुसन्धानमा सामेल गरे र उनीहरूमा पीडा सम्बन्धी विभिन्न प्रयोग गरे ।
अनुसन्धान अनुसार, पीडाका मामिलामा लैंगिकताले निकै महत्त्व राख्छ किनभने महिलाहरू दुखाइप्रति बढी संवेदनशील हुन्छन् ।
अध्ययकर्ताका अनुसार, पारम्पारिक रूपले आत्मसंयमलाई पुरुषसँग र संवेदनशीलतालाई महिलासँग जोडेर हेर्ने गरिएको छ । पीडाको सम्बन्धमा केही समूहलाई बढी आत्मसंयम कायम राख्ने मानिन्छ, जबकि अन्य समूह आपmनो पीडा अरूलाई सुनाइहिँड्न बढी लालायीत रहने गर्छन् ।