नेपालको शान्ति प्रक्रियाबारे ओबामाको चासो
|
शान्ति प्रक्रियाका लागि जस्तो सुकै सहयोग गर्न तयार
९ असोज, काठमाण्डौं । अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालको शान्ति प्रक्रियाका बारेमा चासो राखेका छन् । राष्ट्रसंघको महासभामा भाग लिन गएका उपप्रधान एवम परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँगको भेटमा ओबामाले चासो राख्दै नेपालमा शान्ति स्थापना गर्न अमेरिकाले जस्तो सुकै सहयोग गर्ने भन्दै कुनै सहयोगको आवश्यकता परे निधक्क भएर भन्न पनि आग्रह गरेका थिए ।
जवाफमा पराराष्ट्रमन्त्री श्रेष्ठले शान्ति प्रक्रिया धेरै अगाडी बढेको र दलहरुको सहमतिमा संविधानसभाको नयाँ निर्वाचनका लागि छलफल जारी रहेको बताएका थिए ।
ओबामाले राष्ट्रसंघको महासभामा सहभागि हुन गएका प्रतिनिधि मण्डलको सम्मानमा सोमबार राति गरेको रिसेप्सन भेलामा उक्त भेटवार्ता भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

|



