काँग्रेसमा प्रधानमन्त्रीको उम्मेदवारवारे विवाद छैन :
|
९ असोज, विराटनगर । नेपाली काँग्रेसका बरिष्ठ नेता शेरवहादुर देउवाले नेपाली काँग्रेसभित्र प्रधानमन्त्रीको उम्मेदवारका विषयया कुनै विवाद नरहेको वताउनु भएको छ । देउवाले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्ने अवसर पाए पार्टीले सर्वसहमतिले एक घण्टामै प्रधानमन्त्रीको उम्मेदवार चुन्ने दावी गर्नु भयो ।
मंगलवार मोरङको विराटनगर विमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै नेता देउवाले प्रधानमन्त्री डा वावुराम भट्टराई सहजै सत्ता छोड्ने मनस्थितिमा नरहेकाले विपक्षी दलले आन्दोलनवाटै हटाउने चेतवानी दिनुभयो । देउवाले वर्तमान सरकार रहेसम्म मुलुकले निकास पाउन नसक्ने भएकाले तत्काल राजीनामा दिएर राष्ट्रिय सहमतिका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई सुझाव दिनु भयो ।
देउवाले भट्टराई नेतृत्वको सरकारले अन्य दलहरुलाई पन्छाएर तानाशाही बन्न खोजेको आरोप लगाउनुभयो । उहाँले सरकार र सरकारमै रहेका दलहरुले आन्दोलन र सरकार एकैपटक चलाउन खोज्नु तानाशाही व्यवहार भएको वताउनुभयो । नेता देउवाले सरकारको नेतृत्व कर्ता दलले नै सरकार पक्षधर दलहरुको मोर्चा वनाएर विपक्षी दलहरुसंग मुडभेड गर्न खोजेको आरोप लगाउनुभयो ।

|



