विज्ञान प्रविधिको विकासले नै मुलुकको विकास हुन्छ : प्रधानमन्त्री
|
९ असोज, काठमाण्डौ । प्रधानमन्त्री बाबुराम भट्टराईले विज्ञान तथा प्रविधीको बिकासले नै समग्र मुलुकको विकास हुने बताउनुभएको छ । विज्ञान तथा प्रविधी विकासका लागी जतिपनि लगानी गर्न सरकार तयार रहेकाले निधक्क भएका काम गर्न निजी क्षेत्रलाई पनि आग्रह गर्नुभयो । छैठौँ विज्ञान तथा प्रविधि सम्मेलनको मंगलबार काठमाडौमा उद्घाटन गर्दे उहाँले मुलुकमा रहेको बिभिन्न समस्याका कारण दक्ष युवाहरु बिदेश पलायल हुन बाध्य भएको भन्दै आफुले नेपालमा नै रोजगारमुलुक ब्यबस्थाका लागी गृहकार्य गरिरहेको बताउनुभयो । प्रधानमन्त्री भट्टराईले बिज्ञान तथा प्रबिधी दक्षता हासिल गर्नका लागी भारत र चीन गएपनि नेपाल र्फकने प्रतिबद्धता जनाउन आग्रह गर्नुभयो । उहाले दक्ष जनशक्तिको राज्यकले उच्च मुल्याङ्कन गर्ने आश्वासन दिनुभयो ।
नेपाल बिज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठान नाष्टका कुलपति समेत रहनुभएका प्रधानमन्त्री भट्टराईले बिज्ञान तथा प्रबिधी सम्बन्धी पहिले सरकारकाले गरेका परियोजनाहरुलाई आफुले निरन्तरता दिने बताउनुभयो । कार्यक्रममा विज्ञान तथा प्रविधी मन्त्री केशबमान शाक्यले नेपालमा भएको सम्मेलनले बैज्ञानिक स्तरमा अन्य मुलुकसंगको सम्बन्ध सुमधर हुने बिश्वास ब्यक्त गर्नुभयो ।
नेपाल बिज्ञान तथा प्रबिधी प्रज्ञा प्रतिष्ठान नाष्टले आयोजना गरेको छैठौँ विज्ञान तथा प्रविधि सम्मेलनमा तीन दिनसम्म चल्नेछ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टले नेपाल तथा विदेशमा कार्यरत नेपाली वैज्ञानिक प्राविधिज्ञ, इन्जिनियर, चिकित्सक, विशेषज्ञको भेला गरि सूचना आदान प्रदान गर्ने र वैज्ञानिक प्रस्तावहरु प्रस्तुत गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरेको हो । सम्मेलनमा पाच सय ४२ कार्यपत्रहरु प्रस्तुत गरिनेछन् । सम्मेलनमा नेपाल, भारत, चीन, बङ्गलादेश, पाकिस्तान, जापान, कोरिया, बेल्जियम, र इटालीका गरी एक हजारभन्दा बढी वैज्ञानिकहरूको सहभागिता रहेको छ ।

|



