पोखरा विमानस्थल ठप्प




पोखरा, आश्विन ९ - पोखरामा अन्तराष्ट्रिय विमानस्थल माग गर्दै थालिएको आन्दोलनका कारण आइतबार पोखरा विमानस्थल ठप्प भएको छ ।
आजदेखि असोज १५ सम्म बिहान ८ बजेदेखि १२ बजेसम्म सबै उडान रोकेर विमानस्थल ठप्प पार्ने विमानस्थल निर्माण सरोकार समितिको पूर्व घोषित आन्दोलनका कारण विमानस्थल ठप्प भएको हो ।
आन्दोलनकारी विमानस्थलको प्रवेश र बहिर्गमन गेटमा बसेर धर्ना दिईरहेका छन । यसैबीच साढे आठ बजेपछि उडान भरेको भन्दै आन्दोलनकारीले यति एयरलाइन्सको सिटी अफीसमा समान्य तोडफोससमेत गरेका छन् । तोडपोडबाट सामान्य क्षती भएको छ । नजिकै रहेको बुद्ध एयरलाइन्सको कार्यलय समेत बन्द गरिएको छ । अहिले त्याहाँ बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।