'राष्ट्रिय सहमतिको बधक एमाओवादी'
|
विराटनगर, आश्विन ९ - राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सुर्यवहादुर थापाले राष्ट्रिय सहमतिको मुख्य बाधक एमाओवादी भएको आरोप लगाएका छन् । उनले राष्ट्रिय सहमतिको पहल ठूलो दलका हैसियतले एमाओवादीले गर्नु पर्ने तर उ मोर्चा गठन गरेर सहमतीवाट भाग्दै आएको बताए ।
गृह जिल्ला धनकुटावाट राजधानी र्फकने क्रममा मंगलवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एमाओवादीले सत्ता घटकहरुलाई मोर्चा वनाएपछि विपक्षीहरुको पनि मोर्चा बनेको बताए । 'एकका विरुद्ध अर्को मोर्चा वन्नु भनेको सहमतिको राजनीतिको करिव अन्त्य हुनु हो,' थापाले भने 'सरकार नेतृत्वको दलले नै विपक्षी विरुद्ध मोर्चा बनाएपछि सन्तुलनका लागि विपक्षीले पनि मोर्चा वनाएको हो ।'
मुलुकलाई निर्वाचनले मात्र निकास दिने थापाको भनाई थियो । तर निर्वाचनकालागि पनि वर्तमान सरकार हटेर राष्ट्रिय सहमतीको सरकार वन्नु पर्छ उनको कथन थियो । राष्ट्रिय सहमतिको सरकारले संविधानसभा पुनःस्थापन गरेर संविधान संशोधन गरेर नयाँ निर्वाचनको मिति तोक्नु पर्ने उनको भनाई थियो ।
सवै संकटको बाधक एमाओवादी भएको उल्लेख गर्दै थापाले अहिलेका सवै समस्याको समाधान सामान्य प्रक्रियावाट गर्न सकिने दावी गरे । उनले समस्या समाधानका लागि कसैलेपनि राष्ट्रपतिलाई उक्साउन नहुने वताए । 'समस्याको समाधान दलहरुले नै गर्नु पर्छ । राष्ट्रपतिले होइन,' थापाले भने 'अहिले नै राष्ट्रपतिलाई उक्साउन हतारिनु हुदैन ।' उनले दलहरु सहमतिबाट भागी रहे राष्ट्रपतिले हात बढाउने समय पनि टाढा नभएको थापाले दावी गरे ।
|

.jpg)


