हिउँ पहिरोमा पुरिएकाको खोजीकार्य जारी


८ असोज, काठमाण्डौं । गोरखाको मनास्लुमा गएको हिम पहिरोमा पुरिएर वेपत्ता भएकाहरुको खोजी कार्य आज विहानैदेखि सुरु भएको छ । खोजीकालागि फिस्टेल एअरका २ वटा र सिम्रिक एयरको हेलिकप्टरले बिहानैदेखि काम गरिरहेका छन् । तर मौसमा आएको प्रतिकुलताका कारण काम गर्न असहज भएको गोरखा प्रहरीले जनाएको छ । हिजो गएको हिम पहिरोमा पुरिएर कम्तीमा ११ जनाको मृत्यु भएको छ । अरु १८ जना भन्दा बढि घाइते भएका छन् ।
आरोहणका लागि निकै कठिन मानिने ८ हजार १ सय ५६ मिटर अग्लो हिमालको चुचुरो पुग्न अन्तिम तयारी गरिरहेका बेला हिजो हिम पहिरो गएको थियो । घटनामा उद्दार गरिएका १४ जनको भने आधार शिबिरमा उपचार भइरहेको छ । घटनामा अधिकाँस युरोपेली र केही नेपाली रहेका छन् ।