कोरियामा मृतक परिवारलाई ५५ लाख क्षतिपूर्ति

महेश्वर चामलिङ राई, उदयपुर, साउन २२- दक्षिण कोरियामा आफन्त गुमाएको खोटाङको एक पीडित परिवारलाई ५५ लाख रुपैंया क्षतिपूर्ति रकम प्राप्त भएको छ। सात महिनाअघि त्यहाँ भएको सवारी दुर्घट्नामा ज्यान गुमाएका चिसापानी ४ का रमेश कोइरालाको परिवारलाई कोरियाली मजदुर बिमा संस्था र श्रम कल्याणकारी कोषले त्यहाँको मुद्रा सातकरोड ७४ लाख ६८ हजार पाँचसय ६० कोरिया वन (नेपाली ५५ लाखबढी) रकम क्षतीपुर्तिवापत उपलब्ध गराएको हो। 


दक्षिण कोरियाको ख्यङगीदो ह्वासाङमी नोजिनीस्थित खसङ प्लाष्टिक कम्पनीमा कार्यरत कोइरालाको स्थानीय फोरक्लिप 'जिकेत्छा' दुर्घट्नामा परी मृत्यु भएको थियो। उक्त रकम कोषले हिमालयन बैंकमार्फत रमेशका बुबा भरतमान कोईराला र आमा मेनुकाले बरावरी पाउने गरी पठाईसकेको स्थानीय खोटाङ सेवा समाज कोरियाका सल्लाहकार उमेश बस्नेतले बताए।
वैदेशिक रोजगारीका निम्ति दुई वर्षअघि कोरिया छिरेका उनको खसङ कम्पनीमा काम गर्दागर्दै सन् २०११ डिसेम्बर १८ के बेलुका आफैले चलाएको सवारी दुर्घटनमा परी मृत्यु भएको थियो। पीडित परिवारलाई प्रवासी मजदुर संगठन एमटियूको सहयोगमा पहल अघि बढाइएपछि क्षेतीपुर्ति रकम प्राप्त भएको थियो। क्षेतीपर्ति दिलाउन सोलस्थित नेपाली राजदुतावासलाई पटकपटक आाग्रह गरिएपनि बेवास्ता गरेको गुनासो बस्नेतले गरे।
'वैदेशिक रोजगारीमा कार्यरत नेपालीहरुको अभिभावकको भूमिका निमाउनुपर्ने दुताबासले हाम्रो मागबारे ध्यानै दिएन' उनले गुनासो गरे 'त्यसैले हामीले प्रवासी मजदुर संगठन एमटियूको सहयोगमा निजी कानुन व्यवसायीमार्फत कम्पनी र विमासँग हात बढाएर क्षतीपुर्ति दिलाउन सफल भयौं।' मृतकको शव नेपाल फिर्ता ल्याउन पनि वैदेशिक कल्याणकारी कोषले नै पाँचहजार डलर रकम खर्च गरेको थियो। सो रकमसमेत दुतावासले हालसम्म फिर्ता नगरेको बस्नेतले बताए।