D.b. Salyani Dangi को गज़ल


D.b. Salyani Dangi -----------------------------------------------------------------------बाट लिखित गज़ल

सानो सुन्दर झूपडीमा,उनको मेरो बास थियो
जुनी जुनी संगै जीउने,अचम्मको आश थियो
माया संगै धन जोडने ,पापी मेरो चाहना भो
पापी धन परदेश हिड्ने,बिछोड को बाहना भो

सुख दुख परदेशमा,जसो तसो चलेकै थियो
टुक्रा मनको सम्झी ल्यउदा,आत्मा भने जलेकै थियो
अशु झार्दै उनले भनिन,"चाडआइ आउनु होस् घर
एकान्त मा नेवली रुदा,लागीरहन्छ डर

खबर पाए वियोग ले,दिन दिनै रुएछिन्
वियोग ले कतै उनी,छिया छिया भैछिन्
हतारिदै घरमा पुगे,अशु झार्दै हेरिन्
छेउमा पुगी बोल्न खोज्दा,अंगालोमा बेरिन्

सुम्सुमाऊदा मैले उनलाई,अलिकति सास थियो
 
मुर्चाबाट म बिउझद़ा,खाटमा उनको लाश थियो !!! 
************************************************************
000000000000000000000000