अब रद्दी कागजले हुन्छ ब्याट्री चार्ज
|
केही वर्षपहिले सोनी कम्पनीले एक अनौठो वाकमेन उत्पादन गरेको थियो, जुन अर्गानिक ब्याट्रीबाट चल्थ्यो । सोनीले फेरी अर्को अनौठो प्रविधिको विकाश गरेको छ । यो पछिल्लो प्रविधि वैकल्पिक उर्जाको क्षेत्रमा निकै महत्वपूर्ण उपलब्धी ठानिएको छ ।
सोनीले एउटा यस्तो ब्याट्रीको उत्पादन गरेको छ जुन फ्याँकिएका काम नलाग्ने कागजबाट चार्ज हुन्छ । टोकियोमा भएको इको उत्पादन प्रदर्शनीमा प्रदर्शन गरिएको यो वातावरणमैत्री ब्याट्रीले कागजलाई विद्युत उर्जामा परिणत गर्दछ ।
कसरी हुन्छ विजुली उत्पादन ?
यो ब्याट्री एक विशेष इन्जाइमबाट विजुली उत्पादन गर्ने सिद्धान्तमा आधारित रहेर बनाइएको छ । यसमा इन्जाइममार्फत कागजका अणुहरुलाई विच्छेदन गरी उर्जा उत्पादन गरिन्छ ।
कसरी गर्छ काम ?
पाचन क्रियामा सहयोगी सेल्युलेज नामको इन्जाइम यो प्रविधिको मुख्य केन्द्र हो । यो इन्जाइमले कागजमा हुने सेल्युलोजलाई ग्लूकोजमा परिवर्तन गर्छ । यसरी उत्पादन हुने ग्लूकोज अर्थात सुगरलाई ब्याट्रीले उर्जामा परिणत गर्छ ।
अहिलेसम्म यो ब्याट्रीबाट उत्पादित उर्जाले केबल सानो पंखा मात्र चलाउन सकिन्छ । तर अब बढि उर्जा उत्पादन गर्ने ब्याट्रीको विकाश गरी कागजबाट ठूलो परिणाममा विजुली उत्पादन गर्न सकिने सम्भावनामा काम गरिरहेको सोनी कम्पनीले जनाएको छ ।
source-onlinekhabar
|




